अख्तियारको सार्वजनिक कार्यक्रममै फोटो-भिडिओ खिच्न नदिएपछि… « Khabarhub

अख्तियारको सार्वजनिक कार्यक्रममै फोटो-भिडिओ खिच्न नदिएपछि…


२४ चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

दमौली- नेपाल पत्रकार महासंघ तनहुँ शाखाले पत्रकाहरूलाई फोटो-भिडियो खिच्न रोक लगाएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ।

सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेश, पोखरा र जिल्ला प्रशासन कार्यालय तनहुँसँगको सहकार्यमा शुसासनका लागि नागरिक समाज (ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल आवद्ध संस्था) कास्कीद्वारा मंगलबार व्यास नगरको सभाहलमा आयोजित सुशासन कार्यशाला गोष्ठीमा उक्त घटना भएको हो।

कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराका प्रमुख नारायणप्रसाद रेग्मीले सार्वजनिक धारणा राख्दै गर्दा तस्बिर-भिडियो खिचिरहेका पत्रकारलाई ‘अनुमति नलिई खिच्नु पनि भ्रष्टाचार हो’ भन्दै रोक लगाएको महासंघले जनाएको छ।

शाखा अध्यक्ष डीपी अधिकारी र सचिव कृष्ण न्यौपानेद्वारा जारी विज्ञप्तिमा सार्वजनिक कार्यक्रममा निमन्त्रणा गरिएका पत्रकारलाई फोटो-भिडियो खिच्न रोक लगाउनु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप भएको ठहर गरिएको छ।

लोकतान्त्रिक व्यवस्थामा स्वतन्त्र प्रेसको भूमिका महत्वपूर्ण रहने सन्दर्भमा जिम्मेवार निकायका उच्च अधिकारीको यस्तो कार्य निन्दनीय र अस्वीकार्य रहेको महासंघले भनेको छ।

घटनाप्रति गम्भीर असन्तुष्टि व्यक्त गर्दै महासंघले यस्ता गतिविधि तत्काल बन्द गर्न तथा आगामी दिनमा प्रेस स्वतन्त्रताको पूर्ण सम्मान गर्न माग गरेको छ।

प्रकाशित मिति : २४ चैत्र २०८२, मंगलबार  ५ : १३ बजे

स्पेन–केप भर्डे भिडन्त : पूर्ण फिट भए पनि यामाल सुरुवातमा बेन्चमै

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को महत्वपूर्ण

कर्णाली प्रदेशसभा : ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत

कर्णाली – कर्णाली प्रदेश सरकारले राजस्व र व्ययको वार्षिक अनुमानसहितको

हराएका सीमा स्तम्भ खोजी गरी पुनःस्थापना गरिने

कञ्चनपुर – नेपाल–भारत सीमा समन्वय समितिको बैठक यहाँ सम्पन्न भएको

परराष्ट्रमन्त्री खनाल र सिपिसीका नेता लिउबीच भेटवार्ता

काठमाडौं – चीनको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री एवं राष्ट्रिय स्वतन्त्र

सांसद खुश्बु ओलीको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं – प्रतिनिधि सभा सदस्य खुश्बु ओलीको चरित्रहत्या गरेको आरोपमा