जनशक्ति र भौतिक संरचना अभावमा ट्राफिक प्रहरी | Khabarhub Khabarhub

जनशक्ति र भौतिक संरचना अभावमा ट्राफिक प्रहरी


५ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– काठमाडौं उपत्यकाबाहेकका जिल्लामा सबैभन्दा धेरै दुर्घटना हुने जिल्लामा चितवन पर्छ । चितवनमा दैनिकजसो साना–ठूला दुर्घटना हुने गरेका छन् । तर त्यही दुर्घटना न्यूनीकरण र सवारी साधनको व्यवस्थापन गर्ने ट्राफिक जनशक्ति भने जिल्लामा न्यून छ ।

चितवनमा ट्राफिक प्रहरीको दरबन्दी ३१ जनाको मात्र छ । काजमा आएकासहित ५५ ट्राफिकले जिल्लाको सबै ट्राफिक व्यवस्थापन हेर्नुपर्ने हुन्छ । चितवन सबैभन्दा धेरै मुख्य राजमार्ग भएको क्षेत्र पनि हो ।

पूर्वपश्चिम राजमार्ग, नारायणगढ–मुग्लिन सडकखण्ड र पृथ्वी राजमार्ग पनि चितवनमा पर्छन् । जहाँ दैनिक हजारौँ सवारी साधनको चाप हुन्छ । जिल्लाका अधिकांश भित्री सडक कालोपत्र भएका कारण पनि यहाँ तीव्रगतिका कारण दुर्घटना हुने गरेको छ ।

बढ्दो शहरीकरण, सवारी साधन र सडक प्रयोगकर्ताको चापलाई व्यवस्थित गरी सडक दुर्घटनामा न्यूनीकरणका लागि थप ४० प्रहरी थप्नुपर्ने माग जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक चन्द्र गिरीको छ ।

“जनशक्ति कम नभए पनि सबै क्षेत्रमा सिसीटिभीको व्यवस्था गर्नुपर्छ”, उनले भने, “यसले दुर्घटना न्यूनीकरण र दुर्घटना भइहाले पनि दोषीको पहिचान गर्न सहज हुन्छ ।”

सिसीटिभी नहुँदा कतिपय दुर्घटनामा दोषी फरार हुने गरेका उनले बताए । गिरीले ट्राफिकको आफ्नै भवन नहुँदा र भाडाको पनि जीर्ण भवनका कारण कार्यालय सञ्चालनमा समेत समस्या हुने गरेको बताउँछन् ।

कार्यालयकै अभावमा स्वयम ट्राफिकले नै सडकमा पार्किङ गर्नुपर्ने बाध्यता छ । जिल्लाका मुख्य सडकभन्दा भित्री सडकमा झन् बढी दुर्घटना हुने गरेका ट्राफिक प्रहरीको तथ्याङ्क छ ।

आर्थिक वर्ष २०७६/७७ को साउनयता भित्री सडकमा ४६ सडक दुर्घटना भएका छन् । त्यसमा परी २६ ले ज्यान गुमाएका छन् भने ५९ घाइते भएका छन् । साँघुरो सडक, सवारी साधनको तीव्रगति, चालकको लापरवाहीका कारण दुर्घटना बढिरहेका गिरीले बताए ।

साउनयता पूर्वपश्चिम राजमार्गको केन्द्रीय बसपार्कदेखि लोथरसम्म ३६ सडक दुर्घटनाबाट १४ ले ज्यान गुमाएका छन् भने १०१ घाइते भएका छन् ।

यस्तै नारायणगढ मुग्लिङ सडकखण्डमा ३४ सडक दुर्घटनाबाट १४ को मृत्यु भएको छ भने ८३ घाइते भएका छन् । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङदेखि मौवाखोलासम्म १८ सवारी दुर्घटनाबाट चारको मृत्यु र ३८ घाइते भएका छन् ।

भरतपुर रिङरोडमा यो आवमा मात्रै सातको मृत्यु भएको छ भने २० घाइते भएका छन् । प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक कृष्ण क्षेत्रीका अनुसार मङ्सिरमा राजधानीबाहेकका प्रदेशका जिल्लामा चितवनमा सबैभन्दा धेरै दुर्घटना हुनपुग्यो ।

चितवनमा भएका ५६ दुर्घटनामा पाँच महिलासहित १९ ले ज्यान गुमाएका छन् भने २० गम्भीरसहित ५६ घाइते भएका छन् । एक महिनाको अवधिमा भएका दुर्घटनाले थप चुनौती थपिएको क्षेत्रीले बताए। जिल्लाका मुख्य सडकमा आवश्यक पर्ने पूर्वाधारको समेत अभाव रहेको ट्राफिक प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : ५ पुस २०७६, शनिबार  ४ : ५८ बजे

मदनले ०४८ को चुनाव प्रचारका लागि प्रयोग गरेकै घरमा विद्याले खोलिन् सम्पर्क कार्यालय

काठमाडौं– नेकपा एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारीले २०४८ सालको चुनाव

एमाले शीर्ष नेताद्वारा महाधिवेशनस्थल अवलोकन

काठमाडौं – नेकपा (एमाले)का शीर्ष नेताहरूले दोस्रो विधान महाधिवेशनस्थल ललितपुर,

आयोगको राजनीतिक दल स्वःमूल्याङ्कन कार्यविधिमा एमाले पनि असहमत

काठमाडौं- निर्वाचन आयोगले ल्याएको ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि २०८२’ मा सत्तारूढ

कस्तो छ सरकारको ‘तोडिएका ठेक्का पूरा गर्ने र अत्यावश्यक खरिद गर्ने’ पूर्वाधार कम्पनी ?

काठमाडौँ – सरकारले केही नेपाल ऐन, संशोधन गरेर नेपाल पूर्वाधार

खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय गाभिएपछि म्याग्दीमा समस्या

म्याग्दी– संघीय सरकारको वार्षिक बजेट र कार्यक्रममा समावेश हुन थालेको