अमेरिकाले घोषणा गर्‍यो अन्तरिक्षमा युद्ध गर्न सक्ने सेना « Khabarhub

अमेरिकाले घोषणा गर्‍यो अन्तरिक्षमा युद्ध गर्न सक्ने सेना


५ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका– अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अन्तरिक्षमा युद्ध गर्न सक्षम हुने स्पेस फोर्स अर्थात् अन्तरिक्ष फौज गठन गरिएको औपचारिक घोषणा गरेका छन् ।

सत्तरी वर्षभन्दा बढी समयपछि अमेरिकी अमेरिकी सेनाको नयाँ फौजको रूपमा सार्वजनिक गरिएको अन्तरिक्ष फौजले अमेरिकी वायुसेनाअन्तर्गत रहेर काम गर्नेछ ।

वाशिङ्टनस्थित एक सैन्य अखडामा नयाँ फौजको घोषणा गर्दै ट्रम्पले “अन्तरिक्ष विश्वको नवीनतम युद्धस्थल” भएको बताएको बीबीसीले उल्लेख गरेको छ ।

“हाम्रो राष्ट्रिय सुरक्षाले गम्भीर खतराहरूको सामना गरिरहेको बेला अन्तरिक्षमा अमेरिकी सर्वोच्चता कायम रहनु आवश्यक छ,” उनले भने।

“हामी त्यस दिशामा अगाडि नै छौँ। तर हामीले पर्याप्त नेतृत्व लिन सकेका छैनौँ, छिट्टै हामी अझै अगाडि रहनेछौँ।”

“हाम्रो अन्तरिक्ष फौजले हामीलाई बाह्य आक्रमणको प्रतिकार गर्न र माथिल्लो क्षेत्रमा नियन्त्रण जमाउन सघाउ पुर्‍याउनेछ,” उनले भने।

गत साता कङ्ग्रेसका दुवै सदनबाट अमेरिकी सेनाका लागि ७३८ अर्ब अमेरिकी डलरको प्रतिरक्षा विधेयक पारित भएपछि नयाँ फौज गठन सम्भव भएको हो ।

अन्तरिक्ष फौज गठनका लागि यो वर्ष चार करोड अमेरिकी डलर विनियोजन गरिने भनिएको छ ।

प्रकाशित मिति : ५ पुस २०७६, शनिबार  ४ : ०२ बजे

 बाढीपहिरोले देशका विभिन्न सडक अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह

काठमाडौँ– अविरल वर्षाका कारण देशका विभिन्न स्थानका गएको बाढीपहिरोले विभिन्न

टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

झापा– झापामा टिपरको ठक्करबाट एक जना साइकलयात्रीको मृत्यु भएको छ

आठ घण्टापछि खुल्यो मुग्लिन-काठमाडौँ सडक

काठमाडौँ– पृथ्वीराजमार्ग अन्तर्गत चितवनको सिमलधारामा खसेको सुक्खा पहिरो पन्छाइएपछि नारायणगढ–काठमाडौँ

दाजुभाइको दीर्घायुको कामना गर्दै रानाथारू महिलाले मनाए तीज

कञ्चनपुर– छुट्टै पहिचान र मौलिक संस्कृति रहेको रानाथारू समुदायका महिलाहरूले

नाइमा मोबिलिटी एक्स्पोको आज सकिँदै

काठमाडौँ– काठमाडौँको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ आज