नेकपासँगको सम्झौताले मात्रै सरकारमा जाने बाटो खुल्दैनः महतो | Khabarhub Khabarhub

नेकपासँगको सम्झौताले मात्रै सरकारमा जाने बाटो खुल्दैनः महतो

‘उपसभामुख राजपाले पनि पाउनसक्छ’


५ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले नेकपा र राजपा नेपालबीच भएको २ बुँदे सहमतिलाई लिएर संघीय सरकारमा आफूहरुको सहभागिता र २ नम्बर प्रदेशको सरकारमा असर पर्ने भनेर गरिएको अड्कलबाजीमा कुनै सत्यता नभएको स्पष्ट पारेका छन् ।

शनिबार राजधानीमा आयोजित एक साक्षात्कारमा संयोजक महतोलेले नेकपा र राजपाबीचको दुई बुँदे सहमतिले प्रदेश नम्बर २ को राष्ट्रियसभाको निर्वाचनमा दुवै पार्टीको २–२ सिट सुरक्षित र दुई पार्टीबीच सम्वाद जारी राख्ने स्पष्ट पारेको बताए ।

उनले भने,‘हामी दुई पार्टीबीच भएको २ बुँदे सहमतिलाई लिएर अहिले विभिन्न अड्कलबाजी भैरहेका छन् । तर, ती अड्कलबाजीमा कुनै सत्यता छैन् । जे हल्ला फैलाईएको छ, त्यो निराधार, गलत र असत्य हो ।’ उनले पछिल्लो २ बुँदे सहमतिले नेकपासँगको आफ्नो पार्टीको ‘डेडलक’ अर्थात सम्वादहीनताको अवस्थाको भने अन्त्य गरेको स्पष्ट पारे ।

उनले भने,‘हामीले सरकारबाट समर्थन फिर्ता लिएपछि डेडलकको अवस्था थियो । यो २ बुँदे सहमतिले सम्वादहीनताको अन्त्य र तोड्ने काम गर्नेछ । देशका समसामयिक राजनीतिक विषयमा पार्टीका माग र मुद्दामा सम्वाद हुन्छ । यो सहमतिले राजपा र नेकपाबीचको सम्वादलाई पूनः प्रारम्भ गर्नेछ ।’

उनले नेकपासँग २ बुँदे सहमति गर्नुको कारणपनि खुलाए । उनले राष्ट्रियसभाको निर्वाचनको लागि नेकपासँग २ बुँदे सहमति गर्नुअघि यअसघिको राजपा, समाजवादी पार्टी र नेपाली कांग्रेसबीचको गठबन्धनलाई नै अघि बढाउने उद्देश्यले आफूले समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग कुरा गरेको सुनाए ।

उनले भने,‘मैले उपेन्द्रजीसँग कुरा गरेको थिएँ, तर उहाँले कांग्रेससँग सम्झौता नगर्ने भनेपछि हामीले नेकपासँग कुरा गरेर सहमति गरेका हौं । अहिले हामीबीच भएको २ बुँदे सहमतिले रिक्त सिट जोगाउन बहुमत पुग्छ । हाम्रो सम्झौता निर्वाचन प्रयोजनको लागि हो । यसले हाम्रो पनि २ सिट सुरक्षित हुन्छ ।’

उनले उक्त सहमतिले संघीय सरकारमा राजपा सहभागी हुने भनेर कहीँकतैपनि नबोलेको स्पष्ट पारे । उनले भने,‘सम्झौता त आफैं बोलिरहेको छ नि, हामीबीच भएको सहमतिले २ नम्बर प्रदेशको सरकारलाई पनि कुनै असर गर्दैन् । सम्झौताले संघीय सरकार र प्रदेश सरकारको सम्बन्धमा केही पनि बोलेको छैन् ।’

दुई पार्टीबीचको सहमतिलाई लिएर शंकाको भरमा लंका नजलाउन पनि उनले आग्रह गरेका छन् । तर, दुई बुँदे सहमतिले सत्तारुढ नेकपासँग वार्ताको ढोका भने खोलेको उनको स्पष्टोक्ति थियो । उनले भने,‘हाम्रो मागप्रति सरकारको रवैया के हुन्छ ? हामीले उठाएका संविधान संशोधनको माग, हाम्रा नेता तथा कार्यकर्ताहरुमाथि लगाईएका झुठा मुद्दा फिर्ताको माग, रेशम चौधरीको रिहाईलगायतका माग छन्, यसमा सरकारको रवैया सकारात्मक भए हाम्रो व्यवहारपनि सकारात्मक हुन्छ ।’

उनले सरकारसँग राजपा नेपालको सहकार्य हुनसक्ने सम्भावना औंल्याए । उनले थपे,‘सरकारसँगको सहकार्यको सम्बन्धमा सरकारको व्यवहार र क्रियाकलाप र हाम्रो गतिविधिले निर्भर गर्छ । नेकपासँगको २ बुँदे सम्झौताले मात्रै सरकारमा जाने बाटो खुल्दैन्, राजपाको माग र मुद्दा सम्बोधन हुने हो भने सरकारसँग सहकार्य हुनसक्छ ।’

फरक प्रसँगमा उनले राजपा र समाजवादी पार्टीबीचको एकताको ढोका खुल्लै रहेको पनि स्पष्ट पारे । उनले भने,‘एकीकरण त हाम्रो पार्टीको कार्यनीति नै हो । अहिले जनताले बलियो वैकल्पिक शक्ति खोजिरहेका छन् । नेकपा र कांग्रेसजस्ता ठूला पार्टीले जनताको समस्या सम्बोधन गर्न सकेको छैनन् र सक्दैनन् पनि । अहिले जनताले वैकल्पिक राजनीतिक शक्ति खोजिरहेका छन् । हामी पनि वैकल्पिक शक्ति निर्माण्मा केन्द्रीत छौं ।’ सोहीअनुसार समाजवादी पार्टीसँग सहकार्य र एकीकरणको लागि आफूहरुले कार्यनीति बनाएको पनि उनले सुनाए ।

प्रकाशित मिति : ५ पुस २०७६, शनिबार  १० : १० बजे

आठ किलो लागुऔषध अफिमसहित दुईजना पक्राउ

रुकुमपश्चिम – रुकुम पश्चिममा आठ किलो एक सय ग्राम लागुऔषध

एक वर्षदेखि सम्पर्कविहीन विपिन जोशीको अवस्था अझै अज्ञात

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाषीका विपिन जोशी गत वर्ष

खोला किनारमा मानव कङ्काल फेला, चारजना प्रहरी नियन्त्रणमा

झापा – झापाको बाह्रदशी गाउँपालिका–७ स्थित बिरिङ खोलाको किनारमा गाडिएको

एनपीएल अक्सन : कुन फ्रेन्चाइजीले कुन–कुन खेलाडी किने ?

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को अक्सन सम्पन्न भएको छ

खुर्कोटमा बेलिबृज जडान सुरु

काठमाडौं – सुनकोशी नदीमा आएको बाढीले यही असोज १२ गते