नागरिकता कानूनको बिरोधमा भारतमा हिंसात्मक प्रदर्शन, १५ जनाको मृत्यु | Khabarhub Khabarhub

नागरिकता कानूनको बिरोधमा भारतमा हिंसात्मक प्रदर्शन, १५ जनाको मृत्यु


५ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत–संशोधनसहितको नागरिकता सम्वन्धी नयाँ कानूनको विषयलाई लिएर आज शनिबार पनि भारतका विभिन्न ठाउँमा विरोध प्रदर्शन भएको छ ।

आज सो कानूनको विरोधमा विभिन्न संघ संगठनले संयुक्त रुपमा केन्द्रिय रेलवे स्टेशनमा बृहत प्रदर्शन गरेको छ ।

ती सवै संगठनहरु नयाँ कानूनको विपक्षमा रहेका छन् । उनीहरुले सो कानूनका विरुद्धमा प्लेकार्ड तथा व्यानर प्रदर्शन गर्दै नारावाजी गरेका थिए ।

विरोध प्रदर्शन आयोजना गरिएका ठाउँहरुमा ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको अधिकारीहरुले जनाएका छन् । कपिपय ठाउँमा प्रदर्शनकारी र सुरक्षाकर्मीहरुबीच झडप भएको छ ।

भारतमा नागरिकतासम्बन्धी नयाँ कानूनलाई लिएर भएका प्रदर्शनका क्रममा उत्तर भारतमा शुक्रबार थप चार जनाको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार शुक्रबार प्रहरी र प्रदर्शनकारीबीच देशभर भएका झडपमा चारको मृत्यु भएसँगै नागरिकता कानून संशोधनको विरोधमा जारी प्रदर्शनमा ज्यान गुमाउनेको सङ्ख्या १५ पुगेको छ ।

आईजी(ल एण्ड अडर) प्रवीण कुमारका अनुसार १० डिसेम्बरदेखि जारी विरोध प्रदर्शनमा १५ जनाको मृत्यु भएको छ । ७०५ जनालाई गिरफ्तार गरिएको छ भने ४ हजार ५ सयलाई नियन्त्रणमा लिएर छोडिएको छ । उनका अनुसार २६३ जना प्रहरी यस क्रममा घाइते भएका छन् ।

प्रदर्शनका कारण राजधानी नयाँ दिल्लीलगायत खासगरी मुसलमान समुदाय रहेका शहरी क्षेत्रहरूमा जनजीवन प्रभावित बनेको स्थानीय टोलिभिजनहरूले उल्लेख गरेका छन् ।

प्रदर्शनकारीले विभिन्न ठाउँमा ढुंगामुढा, आगजनी र तोडफोड गरेका छन् भने भीड नियन्त्रणका लागि प्रहरीले विशेष बलको प्रयोग गरेको छ । केही स्थानमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएका बताइएको छ ।

सरकारले हालै ल्याएको नयाँ कानूनी व्यवस्थाले विवादास्पद आप्रवासीलाई भारतको नागरिकता दिने व्यवस्था गरेसँगै देशव्यापीरुपमा आन्दोलन चर्किएको हो ।

नयाँ व्यवस्थाले पाकिस्तान, बङ्गलादेश र अफगानिस्तानबाट आएको प्रमाण पेस गर्ने हिन्दु, शिख, बौद्ध, जैन, पारसी र इसाइ धर्मावलम्बीले भारतको नागरिकता पाउने भएका छन् । भारतको नागरिकता लिन उनीहरु ११ वर्ष बसेको वा काम गरेको हुनुपर्ने कानूनी व्यवस्था छ ।

प्रकाशित मिति : ५ पुस २०७६, शनिबार  ६ : ३० बजे

गण्डकी प्रदेश सरकारविरुद्धको रिटको पेशी आज

काठमाडौं– गण्डकी प्रदेश सरकारविरुद्ध  सर्वोच्च अदालतमा परेको रिटको पेशी बिहीबारलाई

रोमाञ्चक मोडमा आईपिएलः यस्तो बन्दैछ समीकरण

यो सिजनको इन्डियन प्रिमियर लिग (आईपिएल) रोमाञ्चक मोडमा पुगेको छ।

पारस खड्का भन्छन् – ‘मेरो चरित्र हत्या गरियो, ढिलो चाँडो कानुनी दायरामा ल्याउँछु’

काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सामाजिक

नारायणगढ-मुग्लिन सडकमा निर्माणाधीन पुलको काम तीव्र

चितवन– नारायणगढ–मुग्लिन सडकखण्डका निर्माणाधीन सबै पुल आगामी कात्तिकसम्ममा सञ्चालन गर्नेगरी

तनहुँ कारागारमा क्षमताभन्दा बढी बन्दी, व्यवस्थापनमा समस्या

दमौली– जिल्ला कारागारमा तीन सय २३ कैदीबन्दी छन् । दैनिकरुपमा