चिसोबाट जोगाउन टीकापुरमा आगो ताप्ने व्यवस्था « Khabarhub

चिसोबाट जोगाउन टीकापुरमा आगो ताप्ने व्यवस्था


५ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– केही दिनदेखि चलेको शीतलहरसँगै बढेको चिसोका कारण जनजीवन कष्टकर बनेपछि कैलालीको टीकापुर नगर क्षेत्रमा प्रहरीको पहलमा आजबाट आगो ताप्ने व्यवस्था गरिएको छ ।

स्थानीय सामुदायिक वनसँग गरिएको समन्वयपछि निःशुल्क रुपमा दाउरा उपलब्ध भई नगर क्षेत्रका १६ ठाउँमा आगो ताप्ने व्यवस्था मिलाइएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टले बताए ।

नगरका बासिन्दालाई चिसोबाट बचाउने अभियान स्वरुप आगो ताप्ने व्यवस्था गरिएको भट्टले बताए । यसैबीच नगर क्षेत्रका विद्यालय आसपासका मदिरा पसल तथा होटेलबाट ९५० लिटर अवैध घरेलु मदिरा जफत गरी आजै नष्ट गरिएको छ ।

बढ्दो लागुऔषधको सेवन ओसारपसार सामाजिक चुनौतीको रुपमा देखिन थालेपछि यस्ता विकृति न्यूनीकरणका लागि प्रहरीले टीकापुर क्षेत्रमा हरेक दिन ‘विद्यालयमा एक घण्टे कार्यक्रम’ अभियान पनि थालेको छ ।

विद्यालयका छात्रछात्रालाई लागुऔषधको प्रयोगले मानिसको स्वास्थ्य र समाजमा पार्ने असर, बाल विवाह गर्दा हुने असर लगायतका विषयमा प्रहरी अधिकृतले चेतनामूलक प्रशिक्षण दिने गरिएको बताइएको छ ।

प्रकाशित मिति : ५ पुस २०७६, शनिबार  ९ : ३० बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै