वर्ल्ड हेप्पीनेस रिर्पोट :  नेपाल १०० औं स्थानमा « Khabarhub

वर्ल्ड हेप्पीनेस रिर्पोट :  नेपाल १०० औं स्थानमा


७ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  संसारमा सवैभन्दा ठूलो कुरा नै खुशी हो । आत्म सन्तुष्टि मिल्छ भने मान्छेले अरु विकल्प पनि खोज्दैन । मुलुकका नागरिकलाई सन्तुष्टि दिनु सरकारको दायित्व हो, नागरिक खुशी रहनु भनेको देश खुशी हुनु हो ।

हालै सार्वजनिक एक रिपोर्ट अनुसार नेपाल विश्वमा खुशी हुने देशहरुको १०० औं स्थानमा परेको छ । १५६ देश मध्ये नेपाल १०० औं स्थानमा परेको हो ।

त्यसो त लगातार तेस्रो पटक पनि फिनल्याण्ड संसारकै सबैभन्दा खुशी हुने देशमा परेको छ । फिनल्याण्डले ७.७६ अंक प्राप्त गर्दै सूचीको पहिलो स्थानमा छ भने डेनमार्क दोस्रो, तेस्रोमा नर्वे, चौथोमा आइसल्याण्ड, पाँचौमा नेदरल्याण्डस्, छैठौंमा स्वीटजरल्याण्ड, सातौंमा स्विडेन, आठौंमा न्यूजल्याण्ड, नवौंमा क्यानडा र दशौंमा अस्ट्रेया छ ।

अघिल्लो वर्ष नेपाल १०१ स्थानमा रहेको थियो भने अहिले एक स्थान घटेको छ । गतवर्ष ४.८८ अंक पाएको नेपालले यो वर्ष भने ४.९१ अंक प्राप्त गरेको छ । नेपाल १०० औं स्थानमा रहँदा छिमेकी मुलुक छिमेकी भारत १४० औं स्थानमा छ । दक्षिण एसियाली देशमध्ये पाकिस्तान ६७, भुटान ९५, बंगलादेश १२५, श्रीलंका १३० र अफगानिस्तान १५४ औं स्थानमा छ । दक्षिण सुडान सबैभन्दा खराब अर्थात १५६ औं स्थानमा छ ।

देशका भएका विभिन्न सामाजिक मूल्य मान्यता, विकास निर्माण, रोजगारी, शिक्षाको अवस्था, राजनीतिक स्थिरता, द्वन्द्व लगायत सरकारी क्रियाशीलताले मुलुकमा पारेको प्रत्यक्ष, अप्रत्यक्ष प्रभावलाई आधार मानेर त्यस मुलुकको खुशी मापन गरिएको जनाइएको छ ।

प्रकाशित मिति : ७ चैत्र २०७५, बिहीबार  ६ : ०६ बजे

कांग्रेस संस्थापनको ‘सात बुँदे प्रस्ताव’ हल्ला मात्रै भएको शेखर सचिवालयको भनाइ

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको सचिवालयले संस्थापन

‘प्रथम कर्णाली प्रदेश मनसुन फोरम’ सम्पन्न

कर्णाली– मनसुनजन्य विपद्को सम्भावित जोखिम पूर्वानुमान, पूर्वतयारी तथा प्रतिकार्यसम्बन्धी ‘प्रथम

‘इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्न समूहबाट प्रधानमन्त्री र ममाथि आक्रमण भयो : अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देशको इतिहासकै ठूलो वित्तीय

सिद्धपोखरी मर्मतमा स्थानीयको सहभागिता (तस्बिरहरू)

भक्तपुर– भक्तपुर नगरपालिकाले आफ्नो दीर्घकालीन ‘सम्पदा जोगाउने’ नीति अन्तर्गत ऐतिहासिक

बदनाम गर्न मविरुद्ध संगठित रूपमै अफवाह फैलाइयो : अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफूविरुद्ध संगठित रूपमा अफवाह