काठमाडौं- संसारमा सवैभन्दा ठूलो कुरा नै खुशी हो । आत्म सन्तुष्टि मिल्छ भने मान्छेले अरु विकल्प पनि खोज्दैन । मुलुकका नागरिकलाई सन्तुष्टि दिनु सरकारको दायित्व हो, नागरिक खुशी रहनु भनेको देश खुशी हुनु हो ।
हालै सार्वजनिक एक रिपोर्ट अनुसार नेपाल विश्वमा खुशी हुने देशहरुको १०० औं स्थानमा परेको छ । १५६ देश मध्ये नेपाल १०० औं स्थानमा परेको हो ।
त्यसो त लगातार तेस्रो पटक पनि फिनल्याण्ड संसारकै सबैभन्दा खुशी हुने देशमा परेको छ । फिनल्याण्डले ७.७६ अंक प्राप्त गर्दै सूचीको पहिलो स्थानमा छ भने डेनमार्क दोस्रो, तेस्रोमा नर्वे, चौथोमा आइसल्याण्ड, पाँचौमा नेदरल्याण्डस्, छैठौंमा स्वीटजरल्याण्ड, सातौंमा स्विडेन, आठौंमा न्यूजल्याण्ड, नवौंमा क्यानडा र दशौंमा अस्ट्रेया छ ।
अघिल्लो वर्ष नेपाल १०१ स्थानमा रहेको थियो भने अहिले एक स्थान घटेको छ । गतवर्ष ४.८८ अंक पाएको नेपालले यो वर्ष भने ४.९१ अंक प्राप्त गरेको छ । नेपाल १०० औं स्थानमा रहँदा छिमेकी मुलुक छिमेकी भारत १४० औं स्थानमा छ । दक्षिण एसियाली देशमध्ये पाकिस्तान ६७, भुटान ९५, बंगलादेश १२५, श्रीलंका १३० र अफगानिस्तान १५४ औं स्थानमा छ । दक्षिण सुडान सबैभन्दा खराब अर्थात १५६ औं स्थानमा छ ।
देशका भएका विभिन्न सामाजिक मूल्य मान्यता, विकास निर्माण, रोजगारी, शिक्षाको अवस्था, राजनीतिक स्थिरता, द्वन्द्व लगायत सरकारी क्रियाशीलताले मुलुकमा पारेको प्रत्यक्ष, अप्रत्यक्ष प्रभावलाई आधार मानेर त्यस मुलुकको खुशी मापन गरिएको जनाइएको छ ।
प्रतिक्रिया