कुवेतसँग मैत्रीपूर्ण खेल खेल्दै नेपाली फुटबल टिम « Khabarhub

कुवेतसँग मैत्रीपूर्ण खेल खेल्दै नेपाली फुटबल टिम


७ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– नेपाली राष्ट्रिय फुटबल टोलीले बिहीबार (आज) कुवेतसँग अन्तराष्ट्रिय मैत्रिपूर्ण प्रतियोगितामा पहिलो खेल खेल्दैछ । बिहिबार राति नेपाली समयानुसार ९ बजेर १५ मिनेटमा नेपालले कुवेतसँग प्रतिस्पर्धा गर्नेछ ।

खेलअघि बुधबारको पत्रकार सम्मेलनमा दुवै देशका प्रशिक्षकहरुले आ—आफ्नो टिमले जित्ने दावी गरेका छन् । केही दिनको अभ्यास पछि नेपाली टोली कुवेतसँग मैत्रिपूर्ण खेल खेल्न कुवेत पुगेको हो । कुवेतमा नेपालका मुख्य प्रशिक्षक योहान कालिनले प्रतियोगिता महत्वपूर्ण रहेको र लक्ष्य जित्ने नै रहेको बताए ।

यसअघि सन् २००० मा नेपालले एफएफसी एसिया कपमा खेलेको थियो । जसमा नेपाल ५—० को फराकिलो अन्तरले पराजित भएको थियो । १९ बर्षपछि कुवेतसँग प्रतिस्पर्धा गर्न लागेको नेपाल आफ्नो विगत सञ्च्याउने लक्ष्यमा रहनेछ ।

“हाम्रा लागि यो प्रतियोगिता निकै महत्वपुर्ण छ । नेपाली फुटबलको लामो यात्रा तय गर्न बाँकी छ । त्यसका लागि कुवेतविरुद्धको खेल हाम्रा लागि सुरुवात हो,” प्रशिक्षक कालिनले भने, “जित्नकै लागि हामी मैदानमा उत्रन्छौं । छोटो तयारीका बाबजुत राम्रो गर्नेमा विश्वस्त छौं र कुवेत हाम्रा लागि प्रतिस्पर्धी नौलो टोली हो ।”

नेपालका प्रशिक्षकले प्रतियोगिता जित्ने दावी गरिरहँदा विपक्षी टोलीका मुख्य प्रशिक्षक रोमिओ जोज्याकले पनि आफ्नो टोलीको तयारी लामो समय गर्न नपाएपनि नेपालमाथि जित्ने विश्वास व्यक्त गरेका छन् ।

“धेरै तयारी गर्न पाएका छैनौं, तर हामी नेपाललाई जित्ने विश्वासमा छौं । छोटो तयारीका बाबजुत हामीले आफ्नो प्रदर्शन गर्न सकेमा नतिजा हामी अनुकुल आउने छ,” कुवेतका प्रशिक्षक जोज्याकले भने, “कुवेत फुटबल अब पुरानै लयमा आउने क्रममा छ । त्यसैले नेपाल विरुद्धका दुबै खेल कुवेतका लागि महत्वपुर्ण छन् ।”

नेपालले कुवेतमा रहँदा दुई मैत्रिपूर्ण खेल खेल्नेछ ।


नेपाली टोली

गोलकिपर: किरण चेम्जोङ, विकेट कुथु र विशाल श्रेष्ठ
डिफेन्डर: रोहित चन्द, अजित भण्डारी, रवि सिलवाल, सुरज विश्वकर्मा, रञ्जित धिमाल , विराज महर्जन, सरोज दाहाल, देबेन्द्र तामाङ
मिडफिल्डर: रवि पासवान, टंक बस्नेत, सन्तोष तामाङ, बिक्रम लामा, बिशाल राई, हेमन गुरुङ, सुजल श्रेष्ठ
फरवार्ड: रन्जन विष्ट, सुमन लामा, भरत खवास, विमल राना, नवयुग श्रेष्ठ, आशिष लामा

प्रकाशित मिति : ७ चैत्र २०७५, बिहीबार  ११ : ३३ बजे

वेस्टइन्डिजमाथि रोमाञ्चक जित निकाल्दै सेमिफाइनलमा पुग्यो भारत

काठमाडौं – भारत आइसीसी टी२० विश्वकपको सेमिफाइनलमा पुगेको छ ।

जलेश्वर कारागारबाट फरार व्यक्ति भारतमा हतियारसहित पक्राउ

जनकपुरधाम- नेपाल–भारत सीमाक्षेत्रमा भारतीय सुरक्षाकर्मीले महोत्तरीको जलेश्वर कारागारबाट फरार एक

माओवादीका पूर्वकेन्द्रीय सदस्यसहितका नेताहरू एमाले प्रवेश

काठमाडौँ- नेकपा माओवादी केन्द्रका तत्कालीन केन्द्रीय सदस्य रवि गौतमसहितका नेता

भ्रमपूर्ण सूचना फैलनसक्ने भन्दै पत्रकार महासंघले गरायो सचेत

काठमाडौँ – नेपाल पत्रकार महासंघले निर्वाचनको रिपोर्टिङमा खटेका पत्रकारहरूलाई समाचार

कांग्रेसले भ्रष्टाचारको छानबिन आफैँबाट सुरु गर्छ : उपसभापति शर्मा

भक्तपुर – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सरकारको नेतृत्वमा आएपछि