५१ जना विद्यार्थी बोकेको स्कूल बसमा ड्राइभरले नै लगाइदिए आगो « Khabarhub

५१ जना विद्यार्थी बोकेको स्कूल बसमा ड्राइभरले नै लगाइदिए आगो


७ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मिलान– इटालीमा विद्यार्थी भरिएको स्कूल बस अपहरण गरी आगो लगाउने अपहरणकारीलाई प्रहरीले पक्राउ गरेको छ । इटालीको मिलान शहरमा विद्यार्थी बोकेको बसलाई अपहरण गरी त्यसमा आगो लगाउने बसचालकलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सेनेगलिज मूलका औसेयेनू साई रहेको इटालीका अधिकारीले जनाएका छन् । उनले स्कूले बालबालिकासहित ५१ जना सवार स्कूल बस अपहरण गरी बसमा बाहिरबाट आगो लगाएका थिए । आगो लगाए पनि बसको झ्याल तोडेर प्रहरी तथा उद्धारकर्मी बसभित्र पसी त्यहाँ फसेकालाई उद्धार गरेका थिए ।

घटनामा चामत्कारिक रुपमा कुनै गम्भीर मानवीय क्षति भने नभएको इटालीका अधिकारीले जनाएका छन् । यद्यपि बसभित्र रहेका १४ जनालाई धुवाँको कारण श्वासप्रश्वासमा सामान्य समस्या आएको बताइएको छ ।

यदि प्रहरी तथा उद्धारकर्मी समयमै घटनास्थल नपुगेको भए त्यहाँ नरसंहार हुन सक्ने अधिकारीहरुले प्रतिक्रिया दिएका छन् ।

अपहरणकारीले भूमध्य सागरमा अफ्रिकाबाट आउने आप्रवासीहरुको मृत्यु हुनुमा इटालीको आप्रवासन कानून दोषी रहेको भन्दै त्यसैको बदला लिनका लागि बसमा आगो लगाएको जनाएका छन् ।

पक्राउ पर्ने अपहराकारीविरुद्ध अपहरण, सामूहिक हत्याको प्रयास, आगजनी तथा गिरफ्तारीको प्रतिरोधको अभियोग लगाउने तयारी भइरहेको छ ।
यसरी भएको थियो घटनाः

मिलान शहरको भिलाटी डे क्रेमा भन्ने स्थानमा रहेको विद्यालयबाट दुई वटा कक्षाका विद्यार्थी र उनीहरुको अभिभावक सहित ५१ जना बोकेर नजिकैको जिम जाँदै गर्दा बसचालकले अचानक बाटो परिवर्तन गरी मिलान शहरको विमानस्थलतर्फ लगेका थिए ।

बस चलाउने क्रममा बस चालकले पटक पटक यात्रुहरुलाई छुरी देखाएर मार्ने धम्की दिन थाले ।

बसमा सवार एक बालकले आफ्नो अभिभावकलाई फोन गरेपछि उनका अभिभावकले तत्काल प्रहरीलाई घटनाबारे जानकारी गराए । त्यसपछि प्रहरीले अपहरित बसलाई रोक्ने तयारी थाल्यो । गुडिरहेको बसलाई रोक्ने प्रहरीले प्रयास गर्दा अपहरणकारी बस चालकले प्रहरीको कारलाई ठक्कर दिन पुगे ।

प्रहरीको कारलाई ठक्कर दिएको अपहरित बस रोकिन पुग्यो । रोकिएको बसबाट अपहरणकारीले ओर्लेर भूमध्य सागरको बाटो भएर अफ्रिकाबाट युरोप आउन चाहने आप्रवासीको मृत्यु भइरहेको, त्यसमा इटालीको आप्रवासन कानून जिम्मेवार रहेको र त्यसको बदलामा बस जलाइदिने चेतावनी दिन थाले ।

नभन्दै बस चालक अपहरणकारीले बसमा आगो सल्काएका थिए । तत्काल प्रहरी र उद्धाकर्मीले बसबाट त्यहाँभित्र रहेका मानिसहरुको उद्धार गरेका थिए । प्रहरीले बस चालकलाई पक्राउ गर्यो । बसभित्र रहेका सबैलाई उद्धार गरियो । घटनामा कुनै ठूलो मानवीय क्षति हुन पाएन ।

प्रकाशित मिति : ७ चैत्र २०७५, बिहीबार  २ : ११ बजे

ग्यास पर्याप्त, माग अस्वाभाविक

सुदूरपश्चिम–  सुदूरपश्चिममा खाना पकाउने एलपी ग्यासको अभाव भएको हल्लासँगै ग्यास

तिम्बुङ पोखरी : प्रकृतिसँगको साक्षात्कार

ताप्लेजुङ– हिमाली प्रजातिका विभिन्न फूलहरूको मनमोहक दृश्य, धुपी र हिमाली

इलामका किसान अलैँची रोप्न व्यस्त

इलाम– इलामको माङसेबुङ गाउँपालिका–२ पावाका युवा मिलन लिम्बूले यस पटक

सुनको मूल्यमा भारी वृद्धि, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी वृद्धि भएको छ ।

इरानी आक्रमणको डरले गाडी बोक्ने विमान चढेर ट्रम्प बेलायत पुगेको खुलासा

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिना टर्कीबाट बेलायत जाने