कजाकिस्तानमा राजधानीको नाम परिवर्तन गर्ने घोषणा, विरोध गर्ने २० जना पक्राउ | Khabarhub Khabarhub

कजाकिस्तानमा राजधानीको नाम परिवर्तन गर्ने घोषणा, विरोध गर्ने २० जना पक्राउ


७ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


कजाकिस्तान– कजाकिस्तानको राजधानीको नाम अस्तानालाई परिवर्तन गरी नूरसुल्तान राख्ने सरकारको घोषणाको विरोधमा अस्तानामा प्रदर्शन गर्ने २० जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विगत ३० वर्षयता राष्ट्रपतिको रुपमा रहेका नूरसुल्तान नजरबयेभले गत मंगलबार एकाएक राजीनामा दिएपछि उनको स्थानमा राष्ट्रपति बन्न आएका कशिम जोमार्त तोकायेभले पूर्व राष्ट्रपतिको सम्मानमा राजधानीको नाम नूरसुल्तान राख्ने घोषणा गरेपछि अस्तानाको मेयर कार्यालय अगाडि केही मानिसहरु प्रदर्शन गर्न भेला भएका थिए ।

पूर्व सोभियत गणराज्य रहेको कजाकिस्तानमा सरकारको विरोधमा हुने प्रदर्शन निकै दुर्लभ मानिन्छ ।

राजधानीको नाम फेर्ने राष्ट्रपति तोकायेभको घोषणालाई त्यहाँको संसद्ले तत्काल सदर गरेको थियो ।

यसपटक पनि अस्तानाको नाम परिवर्तन भएमा पछिल्लो ६ दशकमा यो पाचौँ नाम हुनेछ । तत्कालिन सोभियत संघकको एक गणराज्यको रुपमा रहेको कजाख शहर अस्तानाको नाम सन् १९६१ सम्म अक्मोलिन्स्क थियो ।

सन् १९६१ मा शहरको नाम परिवर्तन गरी सोलिनोग्राद राखिएको थियो । सन् १९९१ मा सोभियत संघबाट स्वतन्त्र भएपछि शहरको नाम अक्मोला राखिएको थियो । तर, सन् १९९७ मा दक्षिणपूर्वी शहर अल्माटीबाट राजधानी सारिएपछि अक्मोला शहरको नाम परिवर्तन गरी अस्ताना राखिएको थियो ।

प्रकाशित मिति : ७ चैत्र २०७५, बिहीबार  ३ : ३७ बजे

लगातार तेस्रो जित निकाल्दै अफगानिस्तान विश्वकपको ‘सुपर ८’ मा

काठमाडौं – आईसीसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत समूह ‘सी’बाट अफगानिस्तान

मुख्यमन्त्री कार्कीद्वारा ताप्लेजुङको घटनाप्रति दुख व्यक्त, सुरक्षा निकायसँग छलफल

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गएराति ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा

पृथ्वीराजमार्गमा सवारी दुर्घटना : पाँचजना गम्भीर

मलेखु– पृथ्वी राजमार्गअन्तर्गत चितवनको फिस्लिङ बजार नजिक आज बिहान दुईवटा

युभेन्टसको प्रशिक्षक बने थियागो मोटा

काठमाडौं- थियागो मोटा इटालीयन क्लब युभेन्टसको मुख्य प्रशिक्षक नियुक्त भएका

ब्रिटिस एयरवेजको विमान ९ घण्टाको उडानपछि पुन: लण्डन फर्कियो, यात्रु सुरक्षित

काठमाडौं- ब्रिटिस एयरवेजको एउटा उडान ९ घण्टाको यात्रापछि त्यही ठाउँमा