बेलायती प्रधानमन्त्रीद्वारा इयुबाट बाहिरिने प्रक्रियाको म्याद ३ महिना थप्न प्रस्ताव « Khabarhub

बेलायती प्रधानमन्त्रीद्वारा इयुबाट बाहिरिने प्रक्रियाको म्याद ३ महिना थप्न प्रस्ताव


७ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


लन्डन– बेलायती प्रधानमन्त्री टरिजा मेले बेलायत युरोपेली युनियन इयुबाट बाहिरिने म्याद ३ महिना थप्ने प्रस्ताव गरेकी छिन् । बेलायत युरोपेली युनियनबाट बाहिरिने म्याद आगामी मार्च २९ मा सकिँदैछ । यद्यपि प्रधानमन्त्री मेले इयुसँग गरेको सम्झौताको प्रस्ताव बेलायती संसद्बाट २ पटक असफल भएपछि उनले इयुबाट बाहिरिने प्रक्रिया ३ महिनासम्म अर्थात् आगामी जुन ३० सम्म पु¥याउन प्रस्ताव गरेकी हुन् ।

यसका लागि उनी इयु मुख्यालय ब्रसेल्स जाने कार्यक्रम छ । त्यहाँ उनले इयुका प्रतिधिसमक्ष इयुबाट बाहिरिने प्रक्रियाका लागि आवश्यक समय ३ महिनाका लागि थप्ने विषयमा छलफल गर्नेछिन् ।

उनले बेलायत इयुबाट बाहिरिने म्याद ३ महिना थप्न गरेको प्रस्ताव इयुमा आबद्ध अरु सबै २७ मुलुकले सदर गर्नुपर्ने प्रावधान छ । त्यसबाहेक बेलायतको विपक्षी दल लेबर पार्टीका नेता जेरेमी कोर्बेन पनि ब्रसेल्समा इयुका नेताहरुसँग छुट्टै छलफल गर्न त्यसतर्फ लागेका छन् ।

वर्तमान अवस्थामा कुनै परिवर्तन नआएमा बेलायत अर्को साताको शुक्रबार इयुबाट बिना कुनै सम्झौता बाहिरिँदै छ । बेलायत इयुबाट बिना सम्झौता बाहिरिएमा त्यसले बेलायतका अर्थतन्त्रमा नकारात्मक असर पार्ने चिन्ता उत्पन्न हुँदै आएको छ ।

प्रधानमन्त्री मेले इयुबाट बाहिरिने विषयमा गरेको सम्झौता बेलायती संसद्बाट दुई पटक असफल भइसकेको छ । अर्कोतर्फ बेलायती संसद्का सभामुख जोन बर्कोले इयुसँग प्रधानमन्त्री मेले गरेको एउटै किसिमको सम्झौता तेश्रो पटक पनि पारित गर्न ल्याएमा त्यसलाई संसदीय प्रक्रियामा ल्याउन नदिइने घोषणा गरिसकेका छन् ।

तर, बेलायती संसद्ले कुनै पनि हालतमा बिना सम्झौता बेलायत इयुबाट बाहिरिन नसक्ने गैर बाध्यकारी अर्को प्रस्ताव पनि पारित गरेको छ । यस्तोमा निकै कम समय रहेको अवस्थामा मेलाई बेलायत इयुबाट बाहिरिने प्रक्रिया ३ महिना थप्न चर्को दबाब परिरहेको बताइएको थियो ।

मेले प्रधानमन्त्री कार्यालय १० डाउनिङ स्ट्रिटबाट राष्ट्रका नाममा सम्बोधन गर्दै आफ्नो प्रस्ताव दुई पटक सम्म असफल हुनुमा बेलायती सांसद्हरु जिम्मेवार रहेको भन्दै असन्तुष्टि समेत जनाएकी छिन् । उनले केही मानिसहरुले बेलायत इयुबाट बाहिरिने प्रक्रियाको म्याद अझै लामो समयसम्म थप्न प्रयास गरेको भएपनि त्यसले बेलायतलाई अझ विखण्डित गर्ने भएकाले त्यो संभव नरहेको जनाएकी छिन् ।

यता युरोपेली परिषद्का अध्यक्ष डोनाल्ड टस्कले भने बेलायत र इयुबीच भएको सम्झौता बेलायती संसद्बाट पारित हुने अवस्था रहेमा बेलायतले थप्न चाहेको ३ महिनाको म्याद इयुले पारित गर्नेमा आफू विश्वस्त रहेको प्रतिक्रिया दिएका छन् । तर, इयुका नेताहरु कति लामो समयसम्म बेलायत इयुबाट बाहिरिने प्रक्रियाको म्याद थप्न तयार छन् भन्ने प्रश्न जीवितै रहेको समेत जनाएका छन् ।

प्रकाशित मिति : ७ चैत्र २०७५, बिहीबार  ३ : ३० बजे

सुकुम्वासीको नयाँ सङ्कट: आश्रयस्थलमा बढ्दै लागुऔषध दुर्व्यसनी

काठमाडौँ – थापाथलीस्थित बागमती नदी किनारबाट विस्थापित भई कीर्तिपुरको राधास्वामीस्थित

वसन्त ऋतुको हिमाल आरोहण सकियो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

काठमाडौँ– सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित

०८३ को सुरुवात : दयनीय बक्स अफिस कलेक्सन

काठमाडौँ- ०८३ सालको सुरुवाती दुई महिना नबित्दै ११ वटा फिल्म

हुरीका कारण नवलपरासीको विनयी त्रिवेणीमा १७ घर र दुई गोठमा क्षति

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–१ सिसेनी क्षेत्रमा मङ्गलबार

अर्थ र सार्वजनिक लेखा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको विभिन्न दुईवटा समितिको बैठक