महिन्द्राको नयाँ थार अफरोड कार सार्वजनिक « Khabarhub

महिन्द्राको नयाँ थार अफरोड कार सार्वजनिक


७ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत– महिन्द्रा थार भारतको सबैभन्दा शक्तिशाली अफरोड कारमध्ये एक हो । यो महिन्द्राको पहिलो कार हो जसमा बीएस ४ सीआरडीई इन्जिन जडान गरिएको छ । त्यस्तै, यसमा एसीसहित तीन भेरियेन्ट्स – डीआई ४×२ डीआई ४×४ तथा सीआरडीई ४×४ मा उपलब्ध छ । महिन्द्रा थारको लोकप्रियता भारतमात्र नभएर विश्वभरका अफरोड शौकिनहरुमाझ चर्चित छ ।

हालै महिन्द्राले दक्षिण अफ्रिकामा थारको नयाँ स्पेशल अडिशन – एडभेन्चर सिरिज ४×४ लन्च गरेको छ । यो त्यही थार हो जुन भारतमा सेलका लागि उपलब्ध छ । यद्यपि नयाँ ग्राहकलाई आकर्षित गर्नका लागि यसमा धेरै अफरोड एक्सेसरिज उपलब्ध गराइएको छ ।

नयाँ महिन्द्रा थार एडभेन्चर सिरिजमा बुण्डु गियरको अफरोड बम्पर, एक स्टिल क्यानोपी तथा स्नोर्कलका साथै नयाँ अफरोड अलोय पनि छ । यसमा खास कुरा के छ भने फ्रन्ट सिटका यात्रुले स्टिल क्यानोपी हटाएर ओपन टप ड्राइभिङको अनुभव पनि गर्न सकिन्छ ।

महिन्द्रा थार एडभेन्चर सिरिज ४×४ को फ्रन्ट र्बपरमा एउटा टप बार पनि राखिएको छ जसले ग्रिलमा एक्ट्रा प्रोटेक्सन गर्नेछ । त्यसबाहेक यसमा कलर्ड रिकभरी पेन्ट्स, बिल्ट इन एलइडी लाइट तथा हाइ लिफ्ट ज्याक माउण्टिङ पेन्ट्स पनि राखिएको छ । यसमा अप्सनल हैंकुक डायनाप्रो एटी अफ रोड टायर्स पनि स्पेशल एडिशन थारमा छ ।

यसमा २.५ लिटरको टर्बो डिजल इन्जिन छ जुन १०७ पीएस को पावर र २४७ एनएमको पिक टर्क जेनेरेट गर्ने क्षमताको छ । ट्रान्समिसनका लागि ५ स्पिड गियरबक्स छ । यसको शुरुवाती मूल्य करिब १४ लाख भारतीय रुपैयाँ छ ।

प्रकाशित मिति : ७ चैत्र २०७५, बिहीबार  ७ : ३३ बजे

प्रधानमन्त्री पत्नी काफ्लेले भनिन् : सुरक्षाकर्मीले बाेकेको ब्याग मेरो होइन

काठमाडौं – प्रधानमन्त्री बालेन शाहकी पत्नी सविना काफ्लेले आफ्नो ब्याग

रास्वपा महाधिवेशन : मतदान समय आधा घण्टा पछि सारियो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय

सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने १९ वर्षीय युवक पक्राउ

काठमाडौं – सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको अभियोगमा चन्द्रागिरी

बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ महभिरमा बुधबार पहिरोमा पुरिएको गाडीबाट

रास्वपाको महाधिवेशन : नौ मन्त्री केन्द्रीय सदस्यको प्रतिस्पर्धामा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चितवनको भरतपुरमा जारी प्रथम