मन्त्रिपरिषदभन्दा मालपोत शक्तिशाली, नेताभन्दा कर्मचारीको हालीमुहाली ! « Khabarhub

मन्त्रिपरिषदभन्दा मालपोत शक्तिशाली, नेताभन्दा कर्मचारीको हालीमुहाली !


८ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आजको राजधानी दैनिकले विप्लव नेकपामाथि सरकारले लिएको रणनीतिलाई मुख्य समाचारका रुपमा छापेको छ । वार्तामा आए स्वागत नआए ‘एक्सन’ शीर्षकमा समाचार छ ।

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाएको सरकारले वार्ताका लागि आए स्वागत गर्ने नआए एक्सनको नीति नछाड्ने बताएको छ ।

पछिल्लो समय विप्लव नेतृत्वको नेकपाले सरकार लक्षित कार्यक्रम घोषणा गरेर प्रधानमन्त्रीदेखि मन्त्रीहरु सहभागी हुने कार्यक्रमलाई रोक लगाउने बताउँदै आएको बेला सररकारले भने हिंसाको बाटोबाट समस्याको समाधान ननिस्कने भन्दै वार्तामा आए स्वागत गर्ने नआए हिंसात्मक बाटोलाई छुट नदिने बताएको हो ।

त्यस्तै पत्रिकाले मिर्गौला बिरामीको संख्या बढ्दै शीर्षकमा अर्को समाचार पनि पहिलो पृष्ठमा छापेको छ । समाचारमा जनाइएअनुसार वर्षेनी ३ हजारको मिर्गोला फेल हुने गरेको, ३० लाख नागरिकमा मिर्गौला फेल हुने र १४ सय जनाको मिर्गौला पत्यारोपण भएको उल्लेख छ ।

त्यस्तै पत्रिकाले आठौं राष्ट्रिय खेलकुदमा देखिएको समस्याको विषयलाई पनि ‘चट्टानजस्तो मैदानमा चोटसँग जुध्दै खेलाडी’ शीर्षकमा अर्को समाचार पहिलो पृष्ठमा छापेको छ । नेपालगन्जमा जारी खेलकुद प्रतियोगिता अव्यवस्थित, भद्रगोल मात्र छैन खेलाडीहरुले मैदानबाट खेल सकेर बाहिर निस्कँदा युद्ध जितेकै महशुस गर्छन् ।

चट्टानजस्तो मैदानमा प्रतिस्पर्धा भएका कारण कबड्डी, हक्की, ह्याण्डबल, फुटबल, भलिबलका खेलाडीहरु अत्याधिक घाइते भएको छन् । यी खेलहरु स्कुल तथा क्याम्पसका चौरमा खेलाइएको छ ।

त्यस्तै ललिता निवास जग्गा हिनामिना प्रकरणको समाचार पनि पहिलो पृष्ठमा छापिएको छ । सो जग्गाका विषयमा ‘मन्त्रिपरिषदभन्दा मालपोत शक्तिशाली, नेताभन्दा कर्मचारीको हालीमुहाली शीर्षकमा समाचार छापिएको छ । मन्त्रिपरिषदको निर्णयलाई मालपोतले नटेरेको समाचारमा उल्लेख छ ।

त्यस्तै पत्रिकाले नेकपा एकताः अझै भएन सहमति शीर्षकमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकता टुंगो लगाउन शीर्ष नेताका बीचमा छलफल भए पनि सहमति हुन नसकेको समाचारमा जनाइएको छ ।

प्रकाशित मिति : ८ बैशाख २०७६, आइतबार  ६ : ३० बजे

रसुवा बाढी : मृतकको संख्या ६२६ पुग्यो

काठमाडौं – रसुवा बाढीमा परी ज्यान गुमाउनेको संख्या ६२६ पुगेको छ। नेपाल

बाढीपीडितका लागि त्रिवि र पोखरा विश्वविद्यालयका कर्मचारीको तलबबाट सहयोग

काठमाडौं – प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि त्रिभुवन

दर कार्यक्रमका लागि जुटाइएको रकम बाढी पीडितलाई सहयोग

म्याग्दी– म्याग्दीको धवलागिरी गाउँपालिकाका छन्त्याल महिलाहरूले तीज पर्वको अवसरमा दरखाने

डीएनए विश्लेषणदेखि शव व्यवस्थापनमा विदेशी सहयोग माग्दै सरकार

काठमाडौं- सुरुङमा फसेका व्यक्तिको खोज तथा उद्धारलाई प्रभावकारी बनाउन सरकारले मित्रराष्ट्रहरूसँग

बाढीपीडितलाई एक्सपर्ट फाउन्डेशनको २० लाख सहयोग

काठमाडौं- रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार,