युभेन्ट्सको जीतसँगै रोनाल्डोको नयाँ कीर्तिमानी | Khabarhub Khabarhub

युभेन्ट्सको जीतसँगै रोनाल्डोको नयाँ कीर्तिमानी


८ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी–इटालीयन जाइन्ट युभेन्ट्सले लगातार आठौं पटक इटालियन सिरी ’ए’ को उपाधि जितेको छ । शनिबार राति भएको खेदमा फियोरेन्टिनालाई २–१ गोलले पराजित गर्दै युभेन्ट्सले आठौं पटक उपाधि जितेको हो ।

पाहुना टोली फियोरेन्टिन्होले खेलको छैठौं मिनेटमा गोल गर्दै अग्रता नबाएको थियो । तर, उक्त अग्रता तोड्दै युभेन्टसले उपाधि हात पारेको हो ।

युभेन्ट्सका लागि खेलको ३७ औं मिनेटमा एलेक्स सान्ड्रोले एक गोल गरे भने एक गोल फियोरेन्टिन्होबाट एक गोल उपहार स्वरुप पाएको थियो ।

खेलको ५३ औं मिनेटमा फियोरेन्टिनाका निकोला मिलेन कोभिकले गोल गर्दा जर्मन पिजेल्लाले आत्मघाती गोल गरे ।

युभेन्ट्सले सिरी ए जितेसँगै विश्व चर्चीत खेलाडी क्रिष्टियानो रोनाल्डोले युरोपका मुख्य ३ लिगको उपाधि जित्दै नयाँ इतिहास बनाएका छन् ।

यसअघि उनले म्यान्चेस्टर युनाइटेडमा हुँदा इंग्लिस प्रिमियर लिग, रियल मड्रिडमा रहँदा ला लिगा र इटालीयन क्लब युभेन्ट्सबाट सिरी ए जित्दै कीर्तिमानी बनाएका छन् ।

प्रकाशित मिति : ८ बैशाख २०७६, आइतबार  ६ : ५५ बजे

टिपर दुर्घटनामा एक जनाको मृत्यु

काभ्रेपलाञ्चोक– मण्डनदेउपुर नगरपालिका-६ स्थित कोदारी भीरमा आज बिहान टिपर दुर्घटना

‘उत्तरी नाइजेरियामा भएको गोलाबारीमा २१ जनाको मृत्यु’

एजेन्सी – उत्तरपश्चिमी नाइजेरियामा सशस्त्र सेना र आतंकवादीहरूबिच भएको गोलीबारीमा

नौ दलको एकता सभाअघि झलनाथ र घनश्यामलाई फकाउने प्रचण्डको अन्तिम प्रयास

काठमाडौं- नौ दल सम्मिलित नेपाली कम्युनिस्ट पार्टी घोषणा गर्नुअघि नेकपा

‘परान’मा दर्शक बढ्न लागेपछि निर्माताले भने– चाँडै अर्को फिल्म घोषणा गर्छौं

काठमाडौं – प्रदर्शनरत ‘परान’का निर्माता रञ्जित आचार्यले चाँडै अर्को फिल्म

घनेन्द्र र जीवनरामलाई साक्षी राख्दै घनश्यामको टिप्पणी- भ्रष्टाचार मुद्दा लागेपछि पद छाड्नुभन्दा माधव नेपालले बहुमतको बल देखए

काठमाडौं- नेकपा एकीकृत समाजवादी पार्टीका महासचिव घनश्याम भुसालले अहिलेको अवस्थामा