उठ्यो बारपाक, ८५ प्रतिशत घर बनिसके, भूमिहीनले बनाउन सकेनन् « Khabarhub

उठ्यो बारपाक, ८५ प्रतिशत घर बनिसके, भूमिहीनले बनाउन सकेनन्


८ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–चार वर्षअघिको शक्तिशाली भूकम्पको केन्द्रविन्दु बारपाकमा निजी आवास पुनर्निर्माण ८५ प्रतिशत सकिएको छ । यहाँका सबै घरमा क्षति पुगेको थियो । धार्चे गाउँपालिका ६, काशीगाउँका मानबहादुर गुरुङले ३ लाख सरकारी अनुदान र १ लाख रुपैयाँ ऋण लिएर भूकम्प प्रतिरोधी घर बनाएको कान्तिपुरमा खबर छ ।

त्यस्तै लाभग्राहीको सूचीमा नाम भए पनि जग्गाको अभावमा यहाँका १ सय ८० पीडितले घर निर्माण शुरु गरेका छैनन् । पालुङटार नगरपालिकाका ७४, गोरखा नगरपालिकाका ४४, सिरानचोकका ११ र आरुघाटका ६ भूमिहीन पीडितको तथ्यांक प्राप्त भएको पत्रिकामा खबर छ ।

त्यस्तै शिक्षक नियुक्ति केन्द्रबाटै शीर्षकको समाचारमा शिक्षा मन्त्रालयले स्थानीय सरकारको अधिकार हस्तक्षेप गर्दै करारमा शिक्षक नियुक्ति गर्न ७७ वटै जिल्लाका शिक्षा विकास तथा समन्वय इकाइलाई सर्कुलर गरेको छ ।

त्यस्तै चिसो खोज्दै भमरा हिँड्न थालेको, भारतीय प्रधानन्यायाधीशमाथि यौन उत्पीडनको आरोप लागेको, विप्लव समूहका तीन जना पक्राउ परेको खबरलाई प्राथमिकताका साथ छापेको छ।

प्रकाशित मिति : ८ बैशाख २०७६, आइतबार  ६ : ५४ बजे

नेपाल टेलिकमको त्रिशूली थ्रीए साइट पुनः सञ्चालनमा

काठमाडौं– नेपाल टेलिकमले रसुवाको त्रिशूली थ्रीए जलविद्युत् आयोजनासँगै रहेको टावरमार्फत

भोटेकोशी बाढीपछि परराष्ट्रमन्त्री खनालको सर्बिया भ्रमण स्थगन

काठमाडौं– रसुवा, नुवाकोटलगायत क्षेत्रमा बुधबार आएको विनाशकारी बाढीपछि परराष्ट्रमन्त्री शिशिर

एक सय बढी एम्बुलेन्स घाइतेको उद्धार र शव व्यवस्थापनमा

चितवन– भोटेकोशी बाढीबाट घाइते भएका र मृत्यु भएकाहरूको उद्धार र

त्रिशूली–३ को सुरुङबाट ४३ विदेशीसहित २०८ जना उद्धार

काठमाडौं– रसुवाको भोटेकोशी बाढीका कारण प्रभावितहरूको उद्धारका क्रममा नेपाली सेनाका

त्रिशूली–३ ‘ए’ सुरुङमा फसेकाको उद्धारका लागि संघर्ष : बाढीले थुनिएको बाटो खोलियो

रसुवा– रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेका व्यक्तिको उद्धारका