संस्कृत शिक्षाप्रति आकर्षण बढ्दै, दलित समुदायका विद्यार्थीको आकर्षण बढ्यो « Khabarhub

संस्कृत शिक्षाप्रति आकर्षण बढ्दै, दलित समुदायका विद्यार्थीको आकर्षण बढ्यो


८ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा–विद्यार्थीको अभावमा देशका विभिन्न स्थानका संस्कृत विद्यालय बन्द हुने अवस्थामा पुगेपछि पोखरास्थित संस्कृत माध्यमिक विद्यालयमा भने विद्यार्थी तथा अभिभावकको आकर्षण बढ्दो छ ।

केहीवर्ष अघिसम्म विद्यार्थीको सङ्ख्या न्यून हुँदै गएको यस विद्यालयमा पछिल्ला वर्षमा भने विद्यार्थी बढ्दै गएका छन् । भाषा पाठशालाका रुपमा स्थापित पोखराको संस्कृत माविले यस क्षेत्रकै शिक्षाको विकासमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ ।

विसं १९५८ मा स्थापित यो विद्यालय पोखरा क्षेत्रकै पुरानो विद्यालय भएको र गुणस्तरीय शिक्षाका माध्यमबाट विद्यार्थी तथा अभिभावकको मन जित्ने गरी विद्यालय अघि बढेको व्यवस्थापन समितिका अध्यक्ष गोविन्द नेपालीले बताए । उनका अनुसार विद्यालयमा विद्यार्थी तथा अभिभावकको आकर्षण बढाउन निःशुल्क भर्नाका साथै पोशाक र पाठ्यपुस्तक निःशुल्क रुपमा वितरण गरिएको छ । “हामीले हाल ६० विद्यार्थीलाई आवासीय व्यवस्थासहित पठनपाठन गराउँदै आएका छौं,” अध्यक्ष नेपालीले भने, “केहीवर्ष अघिसम्म न्यून संख्यामा रहेका विद्यार्थी पछिल्ला वर्षमा बढ्दै २१७ सम्म पुगेको छ ।”

यस वर्ष पनि भर्ना अभियान जारी रहेको बताउँदै उनले उक्त सङ्ख्या वृद्धि हुने अपेक्षा गरिएको उल्लेख गरे । पछिल्लो समय विद्यालयमा ब्राह्मण मात्र नभइ महिला तथा दलित समुदायका विद्यार्थीको पनि आकर्षण बढ्दै गएको छ ।विद्यालयमा दलित विद्यार्थीको आकर्षण वृद्धि हुनामा यहाँका समाजसेवी स्व भवे सार्कीको प्रेरणाका साथै सामाजिक चेतनाले पनि साथ दिएको छ । दलित समुदायका विद्यार्थीलाई संस्कृत पढ्नुपर्छ भन्ने चेतना अभिवृद्धिमा स्व सार्कीको महत्वपूर्ण योगदान रहेको यहाँका बासिन्दा बताउँछन् ।

विद्यालयमा हाल २१७ विद्यार्थीमध्ये लगभग ४० प्रतिशत दलित र ४० प्रतिशतकै हाराहारीमा ब्राम्ह्ण क्षेत्री समुदायका विद्यार्थी रहेको विद्यालयका प्रधानाध्यापक गोविन्द सिग्देलले जानकारी दिए । विद्यालयमा लगभग २० प्रतिशत विद्यार्थी आदिवासी तथा जनजाति रहेको उनको भनाइ थियो । नैतिकता र सदाचारजस्ता कुरामा प्रत्यक्ष जोडिएको संस्कृत शिक्षालाई अनिवार्य बनाइनुपर्नेमा बेवास्था गरिएकाले समस्याका रुपमा देखिएको छ । संस्कृत विद्यालय भन्नेवित्तिकै सबै विषय संस्कृतमात्रै पढ्नुपर्छ कि भन्ने सोचमा परिवर्तन नहुनु पनि समस्याका रुपमा रहेको अध्यक्ष नेपालीको भनाइ थियो ।

गुणस्तरीयतालाई लक्षित गरी विद्यालयमा कक्षा पाँचसम्म अङ्ग्रेजी माध्यमबाटै पठनपाठन शुरु गरिसकेको र कक्षा ६ भन्दा माथि कूल ८०० पूर्णाङ्मध्ये २०० अङ्कको मात्र संस्कृत पढ्नुपर्छ, अन्य साधारण माविमा जस्तै हो भन्ने आम जनमानसमा जानकारी गराउन नसक्नाले पनि संस्कृत शिक्षाप्रति विद्यार्थी तथा अभिभावकको आकर्षण नबढेको यस क्षेत्रका जानकार बताउँछन् ।
छ ।

पूर्वीय संस्कृतिको मुख्य भाषाका साथै नेपाली भाषाको जननी संस्कृत भाषा रहे पनि यसको अध्ययन तथा अनुसन्धानको दायरालाई फराकिलो पार्न नसकिएको विन्दुवासिनी संस्कृत विद्यापीठका प्राचार्य डा जगन्नाथ रेग्मीले बताए ।“समाजमा नैतिकता, सदाचारको खडेरी पर्दै गएको अवस्थामा संस्कृत शिक्षाको आवश्यकता तथा महत्व अझै बढेर गएको छ,” उनले भने,“पछिल्ला समयमा कतिपय अभिभावककले आफ्ना बालबालिकालाई नैतिकता र सदाचारको पाठ पठाउन संस्कृतका गुरु खोज्ने क्रम पनि बढ्दै गएको छ ।”अनुसन्धानको क्रमलाई बढाउँदै गएमा मात्र पनि यसको महत्व तथा गरिमा बढ्दै जानेतर्फ राज्यको ध्यान पुग्नुपर्ने डारेग्मीले बताए । संस्कृत भाषालाई मूलधारमा ल्याउनका लागि साधारण माविमा समेत कक्षा १० सम्म संस्कृत भाषा अनिवार्य गरिनुपर्ने आवश्यकता औंल्याउँदै उनले लोकसेवा आयोगको पाठ्यक्रममा संस्कृत शिक्षाका विषय समावेश गरिदिएमा यसप्रतिको आकर्षण अझै बढेर जाने बताए ।

प्रकाशित मिति : ८ बैशाख २०७६, आइतबार  ३ : १४ बजे

विपद्का घटनामा प्रभावकारी रुपमा काम गर्नेलाई पुरस्कृत गरिने

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपद् जोखिम

कांग्रेसले संसदीय दलको नेता शुक्रबार चयन गर्ने

काठमाडौं- नेपाली कांग्रेसले संसदीय दलको नेता शुक्रबार चयन गर्ने भएको

एक हजार अफगान शरणार्थी परिवारहरू एकै दिनमा स्वदेश फिर्ता

एजेन्सी– लगभग एक हजार अफगान शरणार्थी परिवारहरू एकै दिनमा स्वदेश

डा.दिपक मल्लले औँल्याएका सुगर बढ्नुका ७ कारण 

काठमाडौं– सुगर रोग विशेषज्ञ डा. दिपक मल्लले मधुमेह नियन्त्रणमा समस्या

उपत्यकाको वायु खतरनाक, मौसमविद् भन्छन्- १२ वटा चुरोटको धुवाँ बराबर असर (तस्बिरहरू)

काठमाडौं– काठमाडौं उपत्यकामा वायु प्रदूषण बढ्न थालेको छ। वायु गुणस्तर