जब राजेश हमालले टाउको हल्लाइ हल्लाइ गीत गुनगुनाए… « Khabarhub

जब राजेश हमालले टाउको हल्लाइ हल्लाइ गीत गुनगुनाए…


८ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेता राजेश हमाल फ्रेस हुनका लागि पोखरा गएका थिए । महानायकको ट्याग पाएका हमाल सामाजिक सञ्जालमा पनि राम्रै अपडेट भइरहेका हुन्छन् । यसै क्रममा हमालले एउटा गीत शेयर गरेका छन्, जुन गीत पछिल्लो समय निकै गुञ्जिने गीतको लिस्टमा पर्छ ।

दिग्गज गायक स्वर्गीय झलकमान गन्धर्वको गीत ‘तिम्रो नै माया लाग्दछ साइँली’ बोलको गीत गुनगुनाएको भिडियो हमालले सामाजिक सञ्जाल फेसबूकमा शेयर गरेका छन् । भिडियो शेयर गर्दै उनले लेखेका छन् – राम्रो गीत ।

भिडियोमा उनले टाउको हल्लाउँदै गीत गुनगुनाएको देख्न सकिन्छ । जसलाई हमालका फ्यानले धेरै तरिकाले लिएका छन् ।

कतिले हमालले गुनगुनाएको यो गीतलाई लिएर रमाइलो मानिरहेका छन् भने कति फ्यानले अब आफूहरुले पनि यस्तै गीत सुन्ने प्रतिक्रिया दिएका छन् । गीतको भिडियोमा महानायक हमालले शब्दलाई गाइरहेको देख्न सकिन्छ ।

यो गीत पछिल्लो समय खोजीखोजी सुनिने गीतमा पर्छ । यो गीत उनका झलकमान गन्धर्वका गीतमध्ये चर्चित गीतमा पर्छ । युट्युबमा यो गीतमा विदेशी र नेपाली गायकले कभर गीतसमेत गाएका छन् ।

भिडियो हेर्नुहोस्:

https://www.facebook.com/rajesh.hamal.5872682/videos/2311625482385629/

प्रकाशित मिति : ८ बैशाख २०७६, आइतबार  ४ : २७ बजे

राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ क्षेत्रमा सिँचाइ

काठमाडौँ– राष्ट्रिय गौरवका सिँचाइ आयोजनाहरूले नयाँ क्षेत्रमा सिँचाइ सुविधा पुर्याउन

सरकारी भवन निर्माणका क्रममा पहिरो खस्दा स्थानीयका घर जोखिममा (तस्बिर)

कालिकोट– कालिकोटको खाँडाचक्र नगरपालिकाको प्रशासकीय भवन निर्माणका क्रममा खसेको पहिरोले

धान फल्ने खेतमा फूलखेती

झापा– धानका बाला झुल्ने खेतमा अहिले सयपत्रीका फूल ढकमक्क फुलेको

महाकाली सिँचाइ आयोजना : संरचना बने पनि नहरमा पानी आएन

कञ्चनपुर– महाकाली सिँचाइ आयोजना तेस्रो चरणबाट पाँच हजार हेक्टर क्षेत्रफलमा

मुस्ताङ भन्सारबाट ११ अर्ब ४५ करोड राजस्व संकलन

मुस्ताङ– नेपाल–चीन उत्तरी कोरलानाकास्थित मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्षको