जन्ती बोकेको जीप दुर्घटना हुँदा १ जनाको मृत्यु, ७ जना घाइते « Khabarhub

जन्ती बोकेको जीप दुर्घटना हुँदा १ जनाको मृत्यु, ७ जना घाइते


८ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चैनपुर– बझाङको खप्तड छान्ना गाउँपालिका– ४ बाट जयपृथ्वी नगरपालिकाको सुवेडातर्फ जन्ती लिएर आउँदै गरेको से१ज ७१८ नंको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर ७ जना घाइते भएका छन् ।

खप्तड छान्ना गाउँपालिका– २ को बाँसपाटामा भएको दुर्घटनामा परी खप्तड छान्ना गाउँपालिका– ४ का ६० वर्षीय वासुदेव जोशीको मृत्यु भएको स्थानीयवासी केशवराज जोशीले जानकारी दिए ।

दुर्घटनामा परी चालकसहित ७ जना घाइते भएका छन् । घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल चैनपुर ल्याइएको छ ।

नेटाकाँटीयाबाट चैनपुरतर्फ जन्ती बोकेर आउँदै गरेको जीप दुर्घटनामा परेको हो । जीप सडकबाट भीरमा खसेको थियो ।

प्रकाशित मिति : ८ बैशाख २०७६, आइतबार  ७ : ५३ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन