सरकारले प्रभावकारी ढंगले काम गर्न सकेन : नेता कोइराला « Khabarhub

सरकारले प्रभावकारी ढंगले काम गर्न सकेन : नेता कोइराला


८ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


भक्तपुर– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले वर्तमान सरकारले जनअपेक्षालाई ध्यानमा राखेर प्रभावकारी ढङ्गले काम गर्न नसकेको आरोप लगाएका छन् ।

नेपाल आदिवासी जनजाति संघ जिल्ला कार्यसमिति भक्तपुरले आइतबार यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै जनअपेक्षालाई ध्यानमा राखेर सरकार जानुपर्नेमा जोड दिए ।

सरकारले दुई तिहाइको आडमा प्रतिपक्षको बेवास्ता गर्दै अगाडि बढेको बताउँदै मानवअधिकार, लोकतन्त्र, स्वतन्त्र पत्रकारिता र न्यायलयमाथि चुनौती थपिएको डा कोइरालाले आरोप लगाए । प्रधानमन्त्रीले संघीयताको मर्म विपरीत सबै शक्ति आफैँमा केन्द्रित गर्न खोजेको आरोप लगाए ।

नेपाली कांग्रेस पार्टीभित्रको गुटबन्दीले नेता र कार्यकर्तालाई विभाजित गरेको बताउँदै कोइरालाले अहिलेकै अवस्थामा कांग्रेस पार्टी बलियो हुन नसक्ने बताए । पार्टी बलियो बनाउन कांग्रेस सङ्गठनलाई एकै ठाउँमा उभ्याउनुपर्ने उनको भनाइ थियाो ।

प्रकाशित मिति : ८ बैशाख २०७६, आइतबार  ७ : ५८ बजे

पेट्रोल प्रतिलिटर १५ र डिजेल १० रुपैयाँले बढ्यो

काठमाडौँ – डिजेल र पेट्रोलको मूल्य बढेको छ । अन्तर्राष्ट्रिय

नवनिर्वाचित सांसदलाई रास्वपाले अभिमुखीकरण तालिम दिने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका

नेपाल फर्किन चाहने कुवेतमा रहेका नेपाली साउदी अरब हुँदै फर्किन सक्ने

काठमाडौं- कुवेतस्थित नेपाली दूतावासले नेपाल फर्किन चाहने कुवेतमा रहेका नेपालीलाई

पाथीभरामा पर्यटकको आकर्षण बढ्दै, भेटी थपिँदै

इलाम – इलामको रोङ गाउँपालिका–३ कुटीडाँडास्थित पाथीभरा मन्दिरमा तीन वर्षमा

कांग्रेसको समानुपातिक सूचीमा गगनका ससुरादेखि निधिकी भान्जीसम्म

काठमाडौं – नेपाली कांग्रेसले समानुपातिकतर्फ प्राप्त सिटअनुसार २० जनाको नामावली