श्रीलंका श्रृंखलाबद्ध विष्फोटको योजना विदेशमा बनेको आशंका « Khabarhub

श्रीलंका श्रृंखलाबद्ध विष्फोटको योजना विदेशमा बनेको आशंका


८ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

श्रीलंका– श्रीलंकामा भएका श्रृङ्खलाबद्ध आक्रमणको योजना विदेशमा बनाइएको हुनसक्ने त्यहाँको सरकारले आशंका गरेको छ ।

श्रीलंका सरकारका रक्षामन्त्री आर विजयवर्द्धनले आक्रमणको षड्यन्त्र विदेशमा बनेको बारे आफूलाई जानकारी प्राप्त भएको जनाएका हुन् ।

उनले आक्रमण आत्मघाती प्रकृतिको रहेको बताउँदै हालसम्म ७ जनालाई गिरफ्तार गरिएको समेत जानकारी दिएका छन् ।

यद्यपि विदेशमा आक्रमणको योजना बुनिएको भनिए पनि उनले कुन मुलुकमा कसले आक्रमणका षड्यन्त्र बनाएको भन्नेबारे केही खुलाएका छैनन् ।

उनले आक्रमणबारे गुप्तचर निकायले जानकारी दिए पनि मुलुकको सुरक्षा संयन्त्रले त्यसलाई रोक्न नसकेको समेत जनाए ।

राजधानी कोलम्बोसहित पूर्वी शहर बाटिकाओला तथा कोलम्बोबाट उत्तरमा रहेको शहर नोगेम्बोमा गिर्जाघर र आलिशान होटेलसहित विभिन्न स्थानमा भएका विभिन्न ८ विष्फोटबाट २०७ जनाको ज्यान गएको छ भने ४५० जना भन्दा बढी घाइते भएका छन् ।

इष्टर सन्डेका दिन इसाई धर्मावलम्बीलाई निशाना बनाएर गराइएको आक्रमण कसले र किन गराएको भन्नेबारे केही विवरण सार्वजनिक भएको छैन ।

प्रकाशित मिति : ८ बैशाख २०७६, आइतबार  ८ : २९ बजे

बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा सरकार सक्रिय

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले गोरखाको उत्तरी क्षेत्रमा आइतबार बुढीगण्डकी नदीमा

एक्स्ट्रिम म्युजिक सिरिजको सुरुवात : नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब

काठमाडौं– नेपाली सङ्गीतमा नयाँ पुस्ताको भावना, सिर्जनशीलता र मौलिकतालाई प्रवद्र्धन

रोहितले शतक हान्दा क्यानडाविरुद्ध नेपाल २४ रनले विजयी

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग–२ अन्तर्गत क्यानाडा विरुद्धको खेलमा नेपाल

यस्तो छ इच्छाकामनाको नयाँ आधारभूत अस्पताल (तस्बिरहरू)

काठमाडौं– चितवनको इच्छाकामना गाउँपालिका–४, कुरिनटारमा रहेको इच्छाकामना आधारभूत अस्पतालले पहिलोपटक