कांग्रेसका योजनामा सरकारले फोटो खिच्ने काम गर्‍यो : नेता पौडेल « Khabarhub

कांग्रेसका योजनामा सरकारले फोटो खिच्ने काम गर्‍यो : नेता पौडेल


८ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कपिलवस्तु– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका छन् । नेता पौडेलले दुई तिहाइको वामपन्थी सरकार भए पनि जनतामुखी काम गर्न नसकेको आरोप लगाए ।

कपिलवस्तुको चन्द्रौटामा नेपाली कांग्रेसका नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै नेता पौडेलले कम्युनिष्ट सरकारले काङ्गे्रसले गरेको ठूलो योजनामा गई फोटो खिचाउने काम मात्र गरिरहेको बताए ।

उनले सरकारले एक वर्षसम्म काम गर्ने मेसो नै नपाएको दाबी गरे अहिलेको सरकार भ्रष्टाचारमुखी बन्दै गएको भन्दै जनतामाझ परिचित भइरहेको आरोपसमेत लगाए ।

यस्तै नेता पौडेलले कांग्रेसले शुरु गरेको जागरण अभियानले पार्टीलाई एक सूत्रमा बाँध्ने बताए । कांग्रेस अबको निर्वाचनमा पहिलो पार्टी बन्नेसमेत उनको दाबी थियो । भित्रीरुपमा एकता रहेकाले कुनै द्विविधामा नपर्न कार्यकर्तालाई उनले आग्रह गरे ।

कार्यकर्ता भेटघाट कार्यक्रममा कांग्रेस केन्द्रीय सदलस्यद्वय अर्जुननरसिहं केसी र गगनकुमार थापा, कपिलवस्तुका जिल्ला सभापति सुरेन्द्रराज आचार्य, कपिलवस्तु क्षेत्र नं ३ का सांसद अभिषेकप्रताप शाहलगायत नेताहरुको उपस्थिति थियो ।

प्रकाशित मिति : ८ बैशाख २०७६, आइतबार  १० : ०५ बजे

रौतहटमा १२ हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर पल्टिएर आगलागी, चालक सकुशल

काठमाडौँ – पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत रौतहटको गुजरा नगरपालिका–३ मा बिहीबार

धनुषा जिल्ला अदालतद्वारा पाँच हजार २१६ मुद्दा फर्स्योट

जनकपुरधाम– धनुषा जिल्ला अदालत जनकपुरधामले गत आर्थिक वर्ष (आव) २०८२–८३

गोरखाको १२ किलोमा पहिरो: पेट्रोल पम्पमा क्षति

गोरखा – लगातारको वर्षाका कारण आज बिहान गएको पहिरोले गोरखा

बझाङ–बनलेक ४०० केभी क्षमताको प्रसारण लाइन निर्माण हुने

काठमाडौँ– कुल दुई हजार ५०० मेगावाट बराबरको बिजुली प्रवाहका लागि

मेसी बने लिग्स कप इतिहासकै सर्वाधिक गोलकर्ता

काठमाडौँ – फिफा विश्वकपको थकान मेटाएर फर्किएका कप्तान लियोनेल मेसीको