अद्यावधिक विवरण नबुझाउने ४८ म्यानपावरको अनलाइन कारोवार बन्द « Khabarhub

अद्यावधिक विवरण नबुझाउने ४८ म्यानपावरको अनलाइन कारोवार बन्द


७ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बैदेशिक रोजगार विभागले ४८ वटा म्यानपावर कम्पनीका अनलाइन कारोवार बन्द गरेको छ । विभागले पटक पटक मागेको अद्यावधिक विवरण नबुझाउने म्यानपावर कम्पनीका अनलाइन कारोवार बन्द गरिएको विभागले जानकारी दिएको छ ।

विवरण अद्यावधिक नगर्ने म्यानपावर अनलाइन कारोवार बन्द गरी अन्य प्रक्रियाका अगाडी बढाइएको विभागले जनाएको छ । विभागले तोकिएको समयसीमा भित्र आफ्नो विवरण अद्यावधिक नगर्ने त्यस्ता म्यानपावरको सूचना प्रणालीमा अनलाइन कारोवार बन्द भएको विभागका निर्देशक भोलानाथ गुरागाईले जानकारी दिए ।

विभागले गत हप्ता १० वटा म्यानवार कम्पनी खारेज गरेको थियो । वैदेशिक रोजगारीका क्रममा कामदारलाई समस्या पर्ने म्यानपावर कम्पनीको अनुगमन तीब्र परिएको विभागले जनाएको छ ।

विभागले वैशाख महिनामा मात्र दर्जनभन्दा धेरै म्यानपावर कम्पनीको अनुगमन गरेको छ । पीडितले दिएको उजुरीका आधारमा विभागले म्यानपावर कम्पनीको अनुगमन गर्ने कामलाई तीब्र बनाएको छ ।

यस्तो छ कारबाहीमा पर्ने म्यानपावर कम्पनीको सूची

प्रकाशित मिति : ७ जेठ २०७६, मंगलबार  ११ : ०७ बजे

रवि लामिछानेलाई रिहा गर्ने निर्णय स्वागतयोग्य छ : बाबुरा भट्टराई

काठमाडौं – पूर्व प्रधानमन्त्री डा. बाबुरा भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी

जलविद्युत् आयोजनाको मारमा किसान : ‘हरियाली वनपाखा धुलाम्य भए’ 

म्याग्दी– धवलागिरि गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माणस्थलमा उड्ने धुलोले वायु

पाँच महिनामा चार सय ९६ घरेलु तथा साना उद्योग दर्ता

भद्रपुर– जिल्लामा चालु आर्थिक वर्ष २०८२-८३ को मङ्सिर मसान्तसम्ममा चार

मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु

मुस्ताङ– यहाँका वारागुङ मुक्तिक्षेत्रऔ३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा

आजको कार्टुन – ओलीको नयाँ अवतार !

काठमाडौं – नेकपा (एमाले)को ११ औं महाधिवेशनबाट अध्यक्ष पदमा केपी