घरमै पुगेर ज्येष्ठ नागरिकको उपचार « Khabarhub

घरमै पुगेर ज्येष्ठ नागरिकको उपचार


७ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तानसेन– पाल्पालको एक गाउँपालिकाले घरमै गएर ज्येष्ठ नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्ने अभियान थालेको छ ।

जिल्लाको पूर्वखोला गाउँपालिकाले ज्येष्ठ नागरिकको घरमै गएर उपचार गर्ने अभियान शुरु गरेको हो ।

गाउँपालिकाभित्र रहेका ८० वर्ष उमेर माथिका ज्येष्ठ नागरिकलाई घरमै गएर स्वास्थ्य सेवा र उपचार प्रदान गरिने गाउँपालिकाले जनाएको छ । यस्तै हिँडडुल गर्न नसक्ने, शारीरिक हिसाबले कमजोर भएका व्यक्तिलाई पनि घरमै घरमै पुगेर उपचार गरिएको गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले जानकारी दिए ।

गाउँपालिकाले घरमै आएर उपचार गरिदिएपछि वडा नम्बर ३ का बासिन्दा लक्ष्मीप्रसाद तिमिल्सेनाले गाउँमै सिंहदरबार आएको आभास भएको सुनाए । ‘गाउँमै सिंहदरबार आउँछ भन्थे, हो रैछ,’ उपाध्यायले भने, ‘स्थानीय सरकारले यस्तो अभियान ल्याउलाजस्तो लागेको थिएन, गाउँपालिकाले छोराछोरीले झैँ उपचार गरिदियो ।’

गाउँपालिकाभरिका करीब ३०० हाराहारीमा रहेका ८० वर्षमाथिका ज्येष्ठ नागरिकलाई उपचार सेवा दिने गाउँपालिकाको योजना छ । गाउँपालिकाभरिका स्वास्थ्यचौकीका स्वास्थ्यकर्मीलाई परिचालन गरेर परीक्षण गरिएको र आवश्यकताअनुसार औषधि वितरण गरिएको छ । ज्येष्ठ नागरिकलाई च्यवनप्राशसमेत वितरण गरिएको छ ।

पहिलो दिनमा वडा नं ३ का ७१ वृद्धवृद्धालाई उपचार सेवा दिएको गाउँपालिकाका उपाध्यक्ष भागिरथी भट्टराईले बतँइन् । ६ जना स्वास्थ्यकर्मीको टोली स्वास्थ्य परीक्षणमा खटाएको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : ७ जेठ २०७६, मंगलबार  ११ : २४ बजे

अबको समय पार्टी निर्माणमा जुट्नुपर्छ : कांग्रेस प्रवक्ता चालिसे

काठमाडौँ– नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले अबको समय पार्टी निर्माणमा

योगेशको अभिव्यक्तिमा शंकरको आशंका : अधुरो अंश मात्र सम्प्रेषण भयो की ?

काठमाडौँ– नेकपा एमालेका महासचिव शंकर पोखरेलले योगेश भट्टराईको महासचिवले जिम्मेवारी

कुर्था-जनकपुर-जयनगर रेल्वे सेवा (तस्बिरहरू) 

जनकपुरधाम– कुर्था–जनकपुर–जयनगर रेल्वे सञ्चालनमा आए सँगै जनकपुर र नेपाल भारत

चितवनको माडी नगरपालिकाद्वारा भूमि बर्गीकरण

चितवन– चितवनको माडी नगरपालिकाले पालिका भित्र रहेको भूमिको बर्गीकरण गरेको

उद्यमीलाई बिनाधितो ऋण

म्याग्दी– म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकाले उद्यमीलाई