ऐश्वर्यासँग जोडिएको आफ्नै ‘मिम’ शेयर गर्दा विवादमा तानिएका विवेकले माफी मागे « Khabarhub

ऐश्वर्यासँग जोडिएको आफ्नै ‘मिम’ शेयर गर्दा विवादमा तानिएका विवेकले माफी मागे


७ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड कलाकार विवेक ओबरायले चुनावलाई मध्यनजर गर्दै ट्वीट गरेको आफ्नै एउटा मिमले विवाद निम्त्याएपछि माफी मागेका छन् । भारतमा हालै सम्पन्न चुनावको नतिजा आउन बाँकी रहँदा विवेकले चुनाव र जीवनसँग जोडिएको एउटा मिम पोस्ट गरेका थिए ।

उक्त मिममा ऐश्वर्या रायलाई विवेक ओबराय, सलमान खान र अभिषेक बच्चनसँग देख्न सकिन्छ । अभिषेक बच्चनसँगको तस्वीरमा ऐश्वर्याकी छोरी आराध्या पनि छिन् । यो तस्वीर शेयर गरेपछि बलिउडका कलाकार र ट्वीटर प्रयोगकर्ताले ओबरायमाथि नकारात्मक टिप्पणी गरेका थिए ।

विवेकले पहिले ट्वीट सामान्य भएको र डिलिट गर्नु नपर्ने भन्दै पन्छिएका थिए । मिडियामा पछि महिलाको अपमान गरिएको भन्दै कुरा उठेपछि ओबरायले उक्त ट्वीट हटाएका छन् । ऐश्वर्याकै कारण सलमान खान र विवेक ओबरायको पनि राम्रो सम्बन्ध छैन ।

यता बच्चन परिवार र सलमान खानले विवेक ओबरायको यो पोस्टपछि कुनै प्रतिक्रिया पनि जनाएका थिएनन् ।

प्रकाशित मिति : ७ जेठ २०७६, मंगलबार  ११ : ३७ बजे

परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाका विदेशमन्त्री सिनेटर पेनी वङबीच

एनएमबि बैंक साधारण शेयरधनीलाई ७ प्रतिशत नगद लाभांश दिने

काठमाडौं- एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरण योग्य

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य ५०० ले बढेको छ

पोखरा–जोमसोम हवाई उडानमा यात्रुको चाप उच्च

गण्डकी– पोखरादेखि म्याग्दीको बेनी हुँदै मुस्ताङ जोड्ने सडक बाढीपहिराले अवरुद्ध

इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन

चितवन– इच्छाकामना आधारभूत अस्पतालले नवनिर्मित भवनबाट स्वास्थ्य सेवा सुरुआत गरेको