ऐश्वर्यासँग जोडिएको आफ्नै 'मिम' शेयर गर्दा विवादमा तानिएका विवेकले माफी मागे | Khabarhub Khabarhub

ऐश्वर्यासँग जोडिएको आफ्नै ‘मिम’ शेयर गर्दा विवादमा तानिएका विवेकले माफी मागे


७ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड कलाकार विवेक ओबरायले चुनावलाई मध्यनजर गर्दै ट्वीट गरेको आफ्नै एउटा मिमले विवाद निम्त्याएपछि माफी मागेका छन् । भारतमा हालै सम्पन्न चुनावको नतिजा आउन बाँकी रहँदा विवेकले चुनाव र जीवनसँग जोडिएको एउटा मिम पोस्ट गरेका थिए ।

उक्त मिममा ऐश्वर्या रायलाई विवेक ओबराय, सलमान खान र अभिषेक बच्चनसँग देख्न सकिन्छ । अभिषेक बच्चनसँगको तस्वीरमा ऐश्वर्याकी छोरी आराध्या पनि छिन् । यो तस्वीर शेयर गरेपछि बलिउडका कलाकार र ट्वीटर प्रयोगकर्ताले ओबरायमाथि नकारात्मक टिप्पणी गरेका थिए ।

विवेकले पहिले ट्वीट सामान्य भएको र डिलिट गर्नु नपर्ने भन्दै पन्छिएका थिए । मिडियामा पछि महिलाको अपमान गरिएको भन्दै कुरा उठेपछि ओबरायले उक्त ट्वीट हटाएका छन् । ऐश्वर्याकै कारण सलमान खान र विवेक ओबरायको पनि राम्रो सम्बन्ध छैन ।

यता बच्चन परिवार र सलमान खानले विवेक ओबरायको यो पोस्टपछि कुनै प्रतिक्रिया पनि जनाएका थिएनन् ।

प्रकाशित मिति : ७ जेठ २०७६, मंगलबार  ११ : ३७ बजे

झापाको सलकपुरमा सुन्तला खान पुग्छन् पर्यटक

झापा– पूर्वीनाका काँकरभिट्टाबाट ३० किलोमिटर उत्तर प्राकृतिक रूपमा सुन्दर सलकपुरमा

एनपीएल उद्घाटन : काठमाडौं र जनकपुरको भिडन्त, कुन टिम कति बलियो ?

काठमाडौं – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) आज उद्घाटन

वाणिज्य विभागबाट मापदण्ड निर्धारणका लागि सुझाव माग

काठमाडौं– वाणिज्य विभागले बजारको तह र वस्तु तथा सेवाको मापदण्ड

तनहुँमा दुई  मतदान केन्द्र थप गर्न सिफारिस

तनहुँ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

राष्ट्र बैङ्कले सरकारलाई ४२ अर्ब रुपैयाँ उपलब्ध गराउने

काठमाडौं– नेपाल राष्ट्र बैङ्कको सम्पत्ति तथा दायित्व २६ खर्ब २३