पौडी खेल्दा डुबेर दुई बालकको मृत्यु « Khabarhub

पौडी खेल्दा डुबेर दुई बालकको मृत्यु


७ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनकुटा– पौडी खेल्नेक्रममा डुबेर धनकुटामा २ बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा महालक्ष्मी नगरपालिका–२ का १२ वर्षीय गौरब लुंगेली मगर र महालक्ष्मी–३ का १४ वर्षीय अमिर मगर छन् ।

महालक्ष्मी–२ र ३ नम्बर वडाको सिमानामा रहेको लेगुवा खोलामा सोमबार अपरान्ह पौडी खेल्ने क्रममा घटना भएको धनकुटाका प्रहरी प्रमुख सुरेन्द्रबहादुर गुरुङले जानकारी दिए । उनका अनुसार पौडी खेल्ने क्रममा गौरब दहमा डुबे । त्यसपछि उनलाई उद्धार गर्न खोज्दा अमिर पनि डुबेर बेपत्ता भए ।

घटनापछि दहबाट गौरबलाई उद्धार गरेर उपचारका लागि धनकुटा जिल्ला अस्पताल ल्याईएको भएपनि उपचारकै क्रममा उनको मृत्यु भएको हो । यता दहमा डुबेर बेपत्ता भएका अमिरको शव आज (मंगलबार) बिहान खोलामा फेला परेको प्रहरी प्रमुख गुरुङले बताए ।

सोमबार साँझ घटनाको जानकारीपछि मारेककटहरे प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । मृतक गौरबको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ ।

प्रकाशित मिति : ७ जेठ २०७६, मंगलबार  १२ : २४ बजे

अबको समय पार्टी निर्माणमा जुट्नुपर्छ : कांग्रेस प्रवक्ता चालिसे

काठमाडौँ– नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले अबको समय पार्टी निर्माणमा

योगेशको अभिव्यक्तिमा शंकरको आशंका : अधुरो अंश मात्र सम्प्रेषण भयो की ?

काठमाडौँ– नेकपा एमालेका महासचिव शंकर पोखरेलले योगेश भट्टराईको महासचिवले जिम्मेवारी

कुर्था-जनकपुर-जयनगर रेल्वे सेवा (तस्बिरहरू) 

जनकपुरधाम– कुर्था–जनकपुर–जयनगर रेल्वे सञ्चालनमा आए सँगै जनकपुर र नेपाल भारत

चितवनको माडी नगरपालिकाद्वारा भूमि बर्गीकरण

चितवन– चितवनको माडी नगरपालिकाले पालिका भित्र रहेको भूमिको बर्गीकरण गरेको

उद्यमीलाई बिनाधितो ऋण

म्याग्दी– म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकाले उद्यमीलाई