एम्बाप्पे पीएसजीमै रहने संकेत « Khabarhub

एम्बाप्पे पीएसजीमै रहने संकेत


७ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – युरोपका शीर्ष लिगहरु समाप्त हुने क्रम जारी छ । यस्तैमा खेलाडीहरु सरुवा र टिमहरुले आवद्ध गर्ने काम भइरहेको छ भने स्टार खेलाडीहरु पनि आफ्नो क्लब छाड्ने मनसायमा पगेको चर्चा भइरहेको छ ।

यस्तैमा फ्रान्स तथा पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड किलियन एमबाप्पेले पनि क्लब छाड्न सक्ने चर्चा भइरहँदा उनले भने आफु अझै एक सिजन पीएसजीमै रहने संकेत गरेका छन् ।

उनले एक कार्यक्रममा बोल्दै पीएसजीले इतिहास रचिरहँदा यसको साँचि बन्ने अर्को सिजन पनि पीएसजीबाटै खेल्न बताएका छन् ।

फ्रान्सलाई विश्वकप जिताउन महत्वपूर्ण भूमिका खेलेका एमबाप्पेले लिग वानमा प्लेअर अफ दी इयर अवार्डबाट सम्मानित भइसकेका छन् ।

उनले आफु कुनै पनि प्रतिक्रिया दिने मनसायमा नरहेको बताउँदै अर्को सिजन पनि पीएसजीबाट खेल्ने मनसायमा रहेको बताएका हुन् । पीएसजीले पनि क्लब र एम्बाप्पेबीच गहिरो सम्बन्ध रहेको बताएको छ । एमबाप्पे सन् २०१७ मा मोनाकोबाट पीएसजी आएका थिए । यो सिजनमा एमबाप्पेले ३२ गोल गर्दै शीर्ष गोल कर्ता भए ।

प्रकाशित मिति : ७ जेठ २०७६, मंगलबार  १२ : ३८ बजे

रुसी राष्ट्रपति पुटिन भारतमा, स्वागत गर्न विमानस्थल पुगे मोदी

नयाँ दिल्ली – रुसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भारत

हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु

सप्तरी – कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रबाट निस्केको जङ्गली हात्तीको आक्रमणबाट

रास्वपाले माग्यो समानुपातिक उम्मेदवार

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ गते हुने

मधेश सरकार गठनबारे अझै जुटेन सहमति

धनुषा- मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि भएको सात दलको

मधेसमा नयाँ सरकार गठन गर्न सहमति जुटेन

धनुषा – मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि भएको सात