मिक्लाजुङ हत्या प्रकरण : एकजनाको मात्र संलग्नता रहेको प्रारम्भिक अनुसन्धान « Khabarhub

मिक्लाजुङ हत्या प्रकरण : एकजनाको मात्र संलग्नता रहेको प्रारम्भिक अनुसन्धान


७ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाँचथरको मिक्लाजुङमा भएको घटनामा एक जनाको मात्र संलग्नता भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरबाट घटनास्थल पुगेका प्रहरी नायब उपरीक्षक नरेन्द्र कुँवरले अहिलेसम्म एक जनाकोमात्र सलग्नता खुलेको बताए ।

हत्याराको बारेमा स्थानीयहरुसँग सोधपुछ गर्ने काम भइरहेको पनि उनले बताए । घटनास्थलबाट भागेको बालिकासँग प्रहरीले लिएको वयानका क्रममा पनि एकजनाले मात्र आक्रमण गरेको पाइएको प्रहरीले बताएको छ । प्रहरीसँगको बयानमा उनले ‘ ढोका खोल्नेबित्तिकै सिधै आक्रमण गर्‍यो, मखुण्डो लगाएको मान्छे थियो, म बाहिर निस्केर भाँगे’ भनेकी छन् ।

कुकुरसहितको टोली घटनास्थलमा

घटनाको अनुसन्धान गर्न एसएसपी नेतृत्वको टोली पुगेको छ । एसएसपीको नेतृत्वमा तालिमप्राप्त कुकुरसहितको टोली घटनास्थलमा पुगेको कुँवरले बताए । घटनाको अनुसन्धानका लागि तालिमप्राप्त कुकुरसहितको प्रहरी टोली परिचालन भएको उनले बताए ।

संघीय प्रहरी कार्यालय, धरानका एसएसपी शरद खत्रीको नेतृत्वमा तालिमप्राप्त कुकुरसहितको टोली खटिएको छ ।

सामुहिक हत्या प्रकरणको अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सिआइबीको टोली पनि घटनास्ठल जाँदै गरेको नेपाल प्रहरीका प्रवक्ता विश्वराज पोखरेलले जानकारी दिए ।

प्रकाशित मिति : ७ जेठ २०७६, मंगलबार  २ : ३३ बजे

अबको समय पार्टी निर्माणमा जुट्नुपर्छ : कांग्रेस प्रवक्ता चालिसे

काठमाडौँ– नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले अबको समय पार्टी निर्माणमा

योगेशको अभिव्यक्तिमा शंकरको आशंका : अधुरो अंश मात्र सम्प्रेषण भयो की ?

काठमाडौँ– नेकपा एमालेका महासचिव शंकर पोखरेलले योगेश भट्टराईको महासचिवले जिम्मेवारी

कुर्था-जनकपुर-जयनगर रेल्वे सेवा (तस्बिरहरू) 

जनकपुरधाम– कुर्था–जनकपुर–जयनगर रेल्वे सञ्चालनमा आए सँगै जनकपुर र नेपाल भारत

चितवनको माडी नगरपालिकाद्वारा भूमि बर्गीकरण

चितवन– चितवनको माडी नगरपालिकाले पालिका भित्र रहेको भूमिको बर्गीकरण गरेको

उद्यमीलाई बिनाधितो ऋण

म्याग्दी– म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकाले उद्यमीलाई