सीपका आधारमा मात्र श्रम स्वीकृति जारी गर्ने नियम तत्काल कार्यान्वयन नगर्न व्यवसायीको माग « Khabarhub

सीपका आधारमा मात्र श्रम स्वीकृति जारी गर्ने नियम तत्काल कार्यान्वयन नगर्न व्यवसायीको माग


७ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगारमा जाने कामदारसँग सीपमूलक तालिम लिएपछि मात्र श्रम स्वीकृति दिने निर्णय तत्काल कार्यान्वयन नगर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

संघका प्रतिनिधिले तत्काल सीपका आधारमा कामदार पठाउन नसक्ने भन्दै ४ वटा बुँदामा संशोधन गरेर मात्र कार्यान्वयनमा गर्नुपर्ने माग राखेर वैदेशिक रोजगार विभागलाई ज्ञापनपत्र बुझाएको छ ।

पछिल्लो समय वैदेशिक रोजगारी क्षेत्रमा देखा परिरहेका समसामयिक समस्याका बारेमा  विभागलाई जानकारी गराएको संघका प्रथम उपाध्यक्ष रामप्रसाद भन्तानाले बताए । वैदेशिक रोजगार क्षेत्र लथलिङ हुँदै गएकोप्रति व्यवसायी पनि चिन्तित भइरहेको भन्तानाको भनाइ छ । भन्तानाले भने, ‘समस्या समाधान गर्ने सरकार र व्यवसायी मिलेर काम गर्न पक्षमा व्यवसायी छन् ।’

सरकारले वैदेशिक रोजगार क्षेत्रलाई व्यवस्थित, मयार्दित र सुरक्षित बनाउन आवश्यक विषय लागू गर्ने विभागका महानिर्देशक भिष्मकुमार भुषालले व्यवसायीसँग भेटमा बताएको जानकारी दिए । सरकारले प्रष्ट नीति बनाएर यो क्षेत्रलाई व्यवस्थित बनाउनुपर्ने भएकाले व्यवसायीलाई वैदेशिक रोजगारी सुधार्न सहयोग गर्ने आग्रह गरेको उनको भनाइ छ ।

आगामी असार १५ गतेदेखि विदेश जाने कामदारले सीपमुलक तालिम लिएको प्रमाणपत्र पेश गरेपछि मात्र श्रम स्वीकृति दिने भन्दै विभागले गत साता सूचना प्रकाशित गरेको थियो ।  तर, वैदेशिक रोजगारका क्षेत्रमा काम गर्ने व्यवायीहरुले भने सरकारको उक्त निर्णयको विरोध गर्दै आएका छन् ।

प्रकाशित मिति : ७ जेठ २०७६, मंगलबार  ३ : २३ बजे

अबको समय पार्टी निर्माणमा जुट्नुपर्छ : कांग्रेस प्रवक्ता चालिसे

काठमाडौँ– नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले अबको समय पार्टी निर्माणमा

योगेशको अभिव्यक्तिमा शंकरको आशंका : अधुरो अंश मात्र सम्प्रेषण भयो की ?

काठमाडौँ– नेकपा एमालेका महासचिव शंकर पोखरेलले योगेश भट्टराईको महासचिवले जिम्मेवारी

कुर्था-जनकपुर-जयनगर रेल्वे सेवा (तस्बिरहरू) 

जनकपुरधाम– कुर्था–जनकपुर–जयनगर रेल्वे सञ्चालनमा आए सँगै जनकपुर र नेपाल भारत

चितवनको माडी नगरपालिकाद्वारा भूमि बर्गीकरण

चितवन– चितवनको माडी नगरपालिकाले पालिका भित्र रहेको भूमिको बर्गीकरण गरेको

उद्यमीलाई बिनाधितो ऋण

म्याग्दी– म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकाले उद्यमीलाई