प्रहरीको गोली लागेर भोजपुरमा विप्लव समूहका एक कार्यकर्ता घाइते | Khabarhub Khabarhub

प्रहरीको गोली लागेर भोजपुरमा विप्लव समूहका एक कार्यकर्ता घाइते


७ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भोजपुर– भोजपुरमा प्रहरी र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताबीच झडप भएको छ । ट्याम्के मैयुम गाउँपालिकामा भएको झडपमा विप्लव समूहका एक कार्यकर्ता घाइते भएका छन् ।

ट्याम्के–मैयुम गाउँपालिकामा विप्लव समूहका कार्यकर्ताहरुको गतिविधि बढेको सूचना पाएसँगै जिल्ला प्रहरी कार्यालय भोजपुर र प्रदेश १ प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरीले कारबाही अघि बढाएको हो । गस्तीमा खटिएको टोलीले हात हतियारसहित रहेका विप्लव समूहा १५ जनालाई प्रहरीले नियन्त्रणमा लिन खोज्दा दुई पक्षबीच झडप भएको थियो । विप्लव समूहका एक जनाले प्रहरी टोलिमाथि फाइरिङ गर्न खोजेपछि प्रहरीले जबाफी आक्रमण गरेको थियो ।

प्रहरीको कारबाहीमा भोजपुर षडानन्द नगरपालिका–२ का ३२ वर्षीय तीर्थराज घिमिरे घाइते भएका छन् । उनको बायाँ खुट्टामा गोली लागेको छ । विप्लव समूहका अन्य सदस्य भने भागेका छन् । उनीहरुको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।  प्रहरीको गोली लागेर घाइते भएका घिमिरेको साथबाट एक थान कटुवा पेस्तोल, सोही पेस्तोलको गोली पाँच थान, लामो बाइनाकुलर एक थान, डेटोनेटर चार थान, २० मिटर डेटोनेटर कर्ड, बारुदलगायत पार्टीका पर्चा–पम्प्लेट बरामद गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ७ जेठ २०७६, मंगलबार  ६ : ४१ बजे

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले

‘कांग्रेसमा अनुशासनको कारबाही खोटपूर्ण र दोहोरो मापदण्डमा आधारित’ 

काठमाडौं– नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले कांग्रेसको केन्द्रीय अनुशासन समितिले

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ