हाम्रा ससुराली खलकले अगुल्टो उचाले, ज्वाइँ प्रधानमन्त्री सतर्क रहनुहोला–डा. भट्टराई « Khabarhub

हाम्रा ससुराली खलकले अगुल्टो उचाले, ज्वाइँ प्रधानमन्त्री सतर्क रहनुहोला–डा. भट्टराई


६ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले राज्य केन्द्रीकरण तर्फ जान खोजेको आरोप लगाएका छन् ।

शुक्रवार प्रतिनिधिसभा बैठकमा डा भट्टराईले दुई तिहाइको सरकारले दम्भ प्रदर्शन गरेको केन्द्रीकरण तर्फ जान खोजेको भन्दै त्यस्तो नगर्न आग्रह गरे । ‘मतादेश परिवर्तन हुन सक्छ’, डा. भट्टराईले भने,‘ राम्रो काम गर्ने यो तपाईहरुलाई अवसर हो नराम्रो काम गरे फेरि रहनसक्छ भन्ने हुँदैन ।’

सरकारले विभिन्न विधेयकहरु ल्याउँदा सरोकारवालाहरुसँग छलफल नगरेको र नियन्त्रण तर्फ उन्मुख भएको उनको आरोप थियो ।

काठमाडौं उपत्यकामा गुठी विधेयकको विपक्षमा भएको विद्रोहलाई यसलाई सांकेतिक रुपमा लिनुपर्ने डा. भट्टराईको भनाइ थियो ।

गुठी, मानवअधिकार, प्रेस काउन्सिल, सुरक्षा परिषद् लगायतका विधेयक खारेज गरेर अघि बढ्नुपर्ने उनले बताए ।

सत्ताको नेतृत्व गरिरहेका प्रधानमन्त्रीसहित मन्त्रीहरु नेवार समुदायका ज्वाइँ भएको र ससुरालीको प्रथा परम्परामाथि आक्रमण गर्न खोजेको भन्दै केही दिन यता सामाजिक सञ्जालहरुमा चलेको बहसलाई लक्षित गर्दै डा. भट्टराईले ज्वाइँहरुलाई आफ्ट्यारो पर्ने अवस्था बनेको बताए ।

‘म पनि यहाँ नेवार समुदायमा काठमाडौंमा विवाह गरेको गरेको मान्छे हो’ डा. भट्टराईले भने,‘यहाँ ठूलो ठट्टा के आएको छ भने हामी खसआर्य समूदायले उखान बनाएका छौं ‘ज्वाइँ न स्वाइ अगुल्टाले च्वाइ’, अस्ति  माइतिघर मण्डलामा हाम्रा ससुराली खलकले अगुल्टो उचाले यसबाट ज्वाइँ प्रधानमन्त्री, ज्वाइँ उपप्रधानमन्त्री र ज्वाइँ मन्त्रीहरु सतर्क रहनुहोला भन्ने आग्रह छ ।’

डा. भट्राईले काठमाडौंको ससुराली काठमाडौंको नेवार हुन् भने प्रधानमन्त्री केपी ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल, मन्त्री गोकर्ण विष्ट लगायतको ससुराली पनि नेवार समुदायमा रहेको छ ।

प्रकाशित मिति : ६ असार २०७६, शुक्रबार  १२ : १७ बजे

रास्वपा पदाधिकारीको मतदान तालिका प्रभावित

काठमाडाैं – रास्वपाको पहिलो महाधिवेशनअन्तर्गत पदाधिकारीको निर्वाचन तालिका प्रभावित भएको

रास्वपाका प्रतिनिधिलाई पार्टीको खाना आजमात्रै भोलिदेखि आफैँ बस्दोबस्ती गर्नुपर्ने

काठमाडाैं – सत्तारुढ दल रास्वपाको चितवनमा जारी पहिलो महाविधेशनका लागि

रास्वपा महाधिवेशनमा नगएका अमरेशको चेतावनी : संघीयतामाथि हस्तक्षेप स्वीकार्य हुँदैन

काठमाडौं – रास्वपाका सांसद अमरेशकुमार सिंहले रास्वपाकै प्रस्तावनामाथि कडा टिप्पणी

रास्वपा निर्वाचन : कोशीमा निशालाई सर्वाधिक मत, विश्वराज दोस्रो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय

रास्वपाको केन्द्रिय सदस्यमा कर्णालीबाट सीता, तासी र विनिता विजयी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य पदको निर्वाचनमा