प्रतिनिधिसभा बैठक– कुन सांसदले के भने ? « Khabarhub

प्रतिनिधिसभा बैठक– कुन सांसदले के भने ?


६ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय जनता पार्टी सांसद रामबाबु यादवले सरकारले संसदीय मर्यादा उलंघन गरेको आरोप लगाएका छन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकको विशेष समयमा बोल्दै उनले दुई तिहाईको बलमा सरकारले विपक्षीमाथि बल मिच्याई गरेको आरोप लगाए ।

संसदीय मर्यादा उलंघनका सम्बन्धमा केही दिन देखि संसदमा सत्तापक्ष र विपक्षीका सांसदहरुबीच आरोप प्रत्यारोप चल्ने गरेको भन्दै सांसद यादवले ‘सरकारले संसदीय मर्यादालाई मान्नु पर्छ कि पर्दैन ?’ भनी प्रश्न गरे ।

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नका लागि सभामुखले सरकारलाई निर्देशन गरिसक्दा पनि अझै कार्यान्वयन नभएको भन्दै उनले रोष प्रकट गरे ।

सरकारले सभामुखको निर्देशन नमानेको तथा संसदीय समितिले दिएको निर्देशनलाई विभागिय मन्त्रीले सार्वजनिक रुपमा चुनौति दिँदै हिँडेको उल्लेख गर्दे सांसद यादवले संसदीय मुल्य र मान्यता कार्यान्वयनमा सरकारको ध्यानाकर्षण गराए ।

यस्तै विशेष समयमा बोल्दै सांसद प्रभु शाहले रौतहट जिल्लामा भएका केही आपराधिक घटनाबारे जानकारी गराउदै शान्ति सुरक्षाको सुव्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराए । आपराधिक घटनामा संलग्न अपराधी अहिले सम्म पत्ता लाग्न नसकेको भन्दै उनले गृहमन्त्रालयको ध्यानाकर्षण गराए ।

त्यसैगरी सांसद मिना पाण्डेले सर्लाहीमा प्रहरीले गोली हानेर कुमार पौडेलको हत्या गरेको समाचार बाहिर आएको भन्दै नियन्त्रणमा लिएर हत्या गर्ने कार्यले मानवअधिकारको गंम्भीर उंल्लघन भएको भन्दै घटनाबारे छानविन गर्न आयोग गठन गर्न माग गरिन् ।

प्रकाशित मिति : ६ असार २०७६, शुक्रबार  १ : १० बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन