करारका कर्मचारी लोक सेवाले छनौट गर्ने व्यवस्था गर्न कांग्रेसको माग « Khabarhub

करारका कर्मचारी लोक सेवाले छनौट गर्ने व्यवस्था गर्न कांग्रेसको माग


६ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले करारमा नियुक्त गर्ने कर्मचारीहरु पनि लोक सेवा आयोगले नै छनौट गर्ने कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडुले करारमा नियुक्त गर्ने कर्मचारी पनि लोक सेवा आयोगबाटै छनौट गर्ने कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेका हुन् ।

शुक्रबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘संघीय निजामती सेवाको गठन, संचालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको दफावार छलफलमा भाग लिँदै सांसद बडुले राजनीतिक भागबण्डाको आधारमा करारमा कर्मचारी नियुक्त गर्ने परिपाटीको अन्त्य गर्न छनौटको जिम्मेवारी लोक सेवा आयोगलाई दिन उपयुक्त हुने तर्क गरे । अति आवश्यकीय सेवाका लागि मात्रै करारमा कर्मचारी नियुक्त गर्नुपर्ने उनको भनाइ थियो ।

सत्तारुढ दल नेकपाकी नेतृ पम्फा भुसालले सचिव र सहसचिव करारमा राख्ने गरी कानुनी व्यवस्था गर्नुपर्ने आफ्नो अडान दोहो¥याइन् । दिएको जिम्मेवारी बहन नगर्ने सचिवको कार्यकाल २ वर्ष घटाउने कानुनी व्यवस्था गर्न पर्ने उनको भनाइ थियो ।

आफूखुसी चल्ने सचिवहरुलाई सच्याउन पनि उनीहरुलाई दिइएको जिम्मेवारी पूरा नगरे २ वर्ष कार्यकाल कटौति गर्ने कानुनी व्यवस्था गर्न उपयुक्त हुने उनको तर्क छ ।

बैठकमा समितिका सदस्यहरुले विशेषज्ञता हासिल गरेका सचिवहरुलाई सम्बन्धित मन्त्रालयमै सचिव हुने कानुनी व्यवस्था गर्नुपर्ने बताएका थिए ।

प्रकाशित मिति : ६ असार २०७६, शुक्रबार  १ : १३ बजे

बालेनलाई मोदीको फोन, ‘नेपाललाई सबै प्रकारको मानवीय सहायता उपलब्ध गराउन तयार छौँ’

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री वालेन्द्र शाहलाई फोन

रसुवाबाट २५ घाइतेको उपचारका लागि काठमाडौं ल्याइयो  

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा आज बिहान आएको बाढीमा परी घाइते

नुवाकोटको दृश्य : उद्धार गर्दै सुरक्षाकर्मी, आफन्तको आर्तनाद (तस्बिरहरू)

काठमाडौं– नुवाकोटका बाढीपीडितलाई नेपाली सेनासहित सुरक्षाकर्मीद्वारा हवाई उद्धार जारी छ

विपद्मा नागरिकको जीवन रक्षा गर्न कांग्रेसद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं– नेपाली कांग्रेसले सरकारका सबै साधन श्रोत र संयन्त्रको उच्चतम

नेपालमा बाढी प्रभावित भारतीयको उद्धारका लागि भारतीय दूतावास सक्रिय

काठमाडौं- नेपालमा बुधबार आएको आकस्मिक बाढीबाट प्रभावित भारतीय नागरिकको उद्धार