करारका कर्मचारी लोक सेवाले छनौट गर्ने व्यवस्था गर्न कांग्रेसको माग | Khabarhub Khabarhub

करारका कर्मचारी लोक सेवाले छनौट गर्ने व्यवस्था गर्न कांग्रेसको माग


६ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले करारमा नियुक्त गर्ने कर्मचारीहरु पनि लोक सेवा आयोगले नै छनौट गर्ने कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडुले करारमा नियुक्त गर्ने कर्मचारी पनि लोक सेवा आयोगबाटै छनौट गर्ने कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेका हुन् ।

शुक्रबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘संघीय निजामती सेवाको गठन, संचालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको दफावार छलफलमा भाग लिँदै सांसद बडुले राजनीतिक भागबण्डाको आधारमा करारमा कर्मचारी नियुक्त गर्ने परिपाटीको अन्त्य गर्न छनौटको जिम्मेवारी लोक सेवा आयोगलाई दिन उपयुक्त हुने तर्क गरे । अति आवश्यकीय सेवाका लागि मात्रै करारमा कर्मचारी नियुक्त गर्नुपर्ने उनको भनाइ थियो ।

सत्तारुढ दल नेकपाकी नेतृ पम्फा भुसालले सचिव र सहसचिव करारमा राख्ने गरी कानुनी व्यवस्था गर्नुपर्ने आफ्नो अडान दोहो¥याइन् । दिएको जिम्मेवारी बहन नगर्ने सचिवको कार्यकाल २ वर्ष घटाउने कानुनी व्यवस्था गर्न पर्ने उनको भनाइ थियो ।

आफूखुसी चल्ने सचिवहरुलाई सच्याउन पनि उनीहरुलाई दिइएको जिम्मेवारी पूरा नगरे २ वर्ष कार्यकाल कटौति गर्ने कानुनी व्यवस्था गर्न उपयुक्त हुने उनको तर्क छ ।

बैठकमा समितिका सदस्यहरुले विशेषज्ञता हासिल गरेका सचिवहरुलाई सम्बन्धित मन्त्रालयमै सचिव हुने कानुनी व्यवस्था गर्नुपर्ने बताएका थिए ।

प्रकाशित मिति : ६ असार २०७६, शुक्रबार  १ : १३ बजे

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास

काठमाडौं । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज

बझाङमा दुई पालिकाको मतगणना सकियो, कसको कति ?

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार

काठमाडौं- गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका लागि

आगलागी र डढेलो नियन्त्रणमा गम्भीर बन्न सरकारलाई आग्रह

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले देशभरि फैलिएको आगलागी

इलाम २ मा सुहाङ नेम्बाङको अग्रता कायमै

काठमाडौं । इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी