विप्लव समूहले गर्‍यो संघर्षका कार्यक्रमको घोषणा « Khabarhub

विप्लव समूहले गर्‍यो संघर्षका कार्यक्रमको घोषणा


६ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सर्लाहीमा विहीवार प्रहरीले आफ्नो जिल्ला इन्चार्जको गोली हानी हत्या गरेको भन्दै प्रतिबन्धित नेकपा विप्लव समूहले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले शुक्रवार एक विज्ञप्ति जारी गर्दै ४ दिने आन्दोलनको कार्यक्रम घोषणा गरेका हो ।

केपी ओली नेतृत्वको सरकारले देशलाई भयानक भिडन्ततिर धकेल्ने र लूटको राज्य बनाउने बदनियतले मुठभेडका नाममा दैनिक निशस्त्र कार्यकर्तालाई नियन्त्रणमा लिँदै हत्या गरेको आरोप विप्लवले लगाएका छन् ।

विप्लवको हस्ताक्षरमा जारी गरिएको विज्ञप्तिमा भनिएको छ,‘असार ५ गते राजनीतिक कार्यक्रम सकेर फर्कदै गर्दा सर्लाही लाबन्दी १ लखन्ती खोलामा हाम्रा पार्टीका सर्लाही जिल्ला इन्चार्ज कमरेड कुमार पौडेललाई सरकारले नियन्त्रणमा लिएर बर्बरतापूर्वक हत्या गरेको छ ।’

वार्ताको प्रचार गर्दै राजनीतिक कार्यकर्ताहरुको हत्या गर्ने ओली सरकार उद्यत रहेको विप्लवले आरोप लगाएका छन् ।

पौडेललाई शहीद घोषणा गर्दै शहीदको सपना पूरा गरिछाड्ने प्रतिवद्धता जनाउँदै हत्याविरुद्ध संघर्षका कार्यक्रमहरु घोषणा गरेको विप्लवले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

जस अनुसार असार ७ गते प्रचार प्रसार, ८ गते कोणसभा र घरदैलो, ९ गते मसाल जुलुस र १० गते नेपाल बन्दको कार्यक्रम राखिएको छ ।

प्रकाशित मिति : ६ असार २०७६, शुक्रबार  २ : २७ बजे

शीतलहरले बाढीपीडित परिवार समस्यामा

कञ्चनपुर– शीतलहरका कारण कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– १२ बन्तरिया शिविरका बाढीपीडित

सरकारी टोलीले जेन-जी आन्दोलनमा क्षति पुगेका दलका कार्यालयको अवलोकन गर्दै

काठमाडौं – सञ्चार तथ सूचना प्रविधिमन्त्री जगदीश खरेलसहित सरकारी टोलीले

राष्ट्रियसभा बैठकका लागि कृषि समितिको हल मर्मत गरिँदै (तस्बिरहरू)

काठमाडौं– गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा नयाँ बानेश्वरस्थित

क्रिकेट खेलाडी धामी ‘बिज एजुकेशन’का ब्रान्ड एम्बासडर

काठमाडौं– क्रिकेट खेलाडी हेमन्त धामीलाई ‘बिज एजुकेशन’ले ब्रान्ड एम्बासडरका रूपमा

बूढीगण्डकी जलविद्युत् आयोजना ‘क’ र ‘ख’ निर्माणको तयारी

गोरखा– गोरखामा बूढीगण्डकी जलविद्युत् आयोजना ‘क’ र ‘ख’ बन्ने तयारीमा