विप्लव समूहले गर्‍यो संघर्षका कार्यक्रमको घोषणा « Khabarhub

विप्लव समूहले गर्‍यो संघर्षका कार्यक्रमको घोषणा


६ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सर्लाहीमा विहीवार प्रहरीले आफ्नो जिल्ला इन्चार्जको गोली हानी हत्या गरेको भन्दै प्रतिबन्धित नेकपा विप्लव समूहले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले शुक्रवार एक विज्ञप्ति जारी गर्दै ४ दिने आन्दोलनको कार्यक्रम घोषणा गरेका हो ।

केपी ओली नेतृत्वको सरकारले देशलाई भयानक भिडन्ततिर धकेल्ने र लूटको राज्य बनाउने बदनियतले मुठभेडका नाममा दैनिक निशस्त्र कार्यकर्तालाई नियन्त्रणमा लिँदै हत्या गरेको आरोप विप्लवले लगाएका छन् ।

विप्लवको हस्ताक्षरमा जारी गरिएको विज्ञप्तिमा भनिएको छ,‘असार ५ गते राजनीतिक कार्यक्रम सकेर फर्कदै गर्दा सर्लाही लाबन्दी १ लखन्ती खोलामा हाम्रा पार्टीका सर्लाही जिल्ला इन्चार्ज कमरेड कुमार पौडेललाई सरकारले नियन्त्रणमा लिएर बर्बरतापूर्वक हत्या गरेको छ ।’

वार्ताको प्रचार गर्दै राजनीतिक कार्यकर्ताहरुको हत्या गर्ने ओली सरकार उद्यत रहेको विप्लवले आरोप लगाएका छन् ।

पौडेललाई शहीद घोषणा गर्दै शहीदको सपना पूरा गरिछाड्ने प्रतिवद्धता जनाउँदै हत्याविरुद्ध संघर्षका कार्यक्रमहरु घोषणा गरेको विप्लवले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

जस अनुसार असार ७ गते प्रचार प्रसार, ८ गते कोणसभा र घरदैलो, ९ गते मसाल जुलुस र १० गते नेपाल बन्दको कार्यक्रम राखिएको छ ।

प्रकाशित मिति : ६ असार २०७६, शुक्रबार  २ : २७ बजे

रास्वपा पदाधिकारीको मतदान तालिका प्रभावित

काठमाडाैं – रास्वपाको पहिलो महाधिवेशनअन्तर्गत पदाधिकारीको निर्वाचन तालिका प्रभावित भएको

रास्वपाका प्रतिनिधिलाई पार्टीको खाना आजमात्रै भोलिदेखि आफैँ बस्दोबस्ती गर्नुपर्ने

काठमाडाैं – सत्तारुढ दल रास्वपाको चितवनमा जारी पहिलो महाविधेशनका लागि

रास्वपा महाधिवेशनमा नगएका अमरेशको चेतावनी : संघीयतामाथि हस्तक्षेप स्वीकार्य हुँदैन

काठमाडौं – रास्वपाका सांसद अमरेशकुमार सिंहले रास्वपाकै प्रस्तावनामाथि कडा टिप्पणी

रास्वपा निर्वाचन : कोशीमा निशालाई सर्वाधिक मत, विश्वराज दोस्रो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय

रास्वपाको केन्द्रिय सदस्यमा कर्णालीबाट सीता, तासी र विनिता विजयी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य पदको निर्वाचनमा