स्वास्थ्यमा समायोजन टुंगिन समय लाग्ने, यथास्थानमै काम गर्न स्वास्थ्यकर्मीलाई मन्त्रालयको निर्देशन « Khabarhub

स्वास्थ्यमा समायोजन टुंगिन समय लाग्ने, यथास्थानमै काम गर्न स्वास्थ्यकर्मीलाई मन्त्रालयको निर्देशन


६ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीयता अनुसार स्वास्थ्य सेवा तर्फका कर्मचारीको समायोजन प्रक्रिया टुंगिन अझै समय लाग्ने भएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वास्थ्य मन्त्रालयलाई पठाएको समायोजन सूची अद्यावधिक गर्ने काम भइरहेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समायोजन टुंगिन अझै समय लाग्ने जनाएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव रामप्रसाद थपलियाले कर्मचारी समयोजन सम्बन्धि स्वास्थ्यकर्मीको गुनासो सम्बोधन गरी सामान्य प्रशासन मन्त्रालयले स्वास्थ्य मन्त्रालयमा पठाएको भएपनि त्यसलाई अद्यावधिक गर्न समय लाग्ने बताए ।

‘स्वास्थ्यकर्मीअझै केही समय अहिले जहाँ काम गरीरहनुभएको छ त्यहि रहनुहुन्छ, हामीले कार्यरत रहेको ठाउँमा नै उहाँहरुको समयोजन पत्र पठाउछौं र जुनबेलासम्म उहाँहरुको पदस्थापन हुँदैन तबसम्म उहाँहरु हाल रहेकै कार्यलयमा काम गर्नुपर्छ,’ सचिव थपलियाले भने, ‘अहिले उहाँहरुलाई यथास्थानमै काम लगाउनदा वर्खामा हुने स्वास्थ्य समस्या र सेवामा प्रतिकुल असर पर्दैन ।’

स्वास्थ्य तर्फका २४ हजार कर्मचारी रहेकाले उनीहरुको पदस्थापनाको काम पुरा गर्न पनि समय लाग्ने सचिव थपलियाको भनाइ छ ।   सचिव थपिलयका अनुसार स्वास्थ्य मन्त्रालयले यसअघि फाजिलमा रहेको २७ जना कर्मचारीलाई पुल दरवन्दीमा राखेर पहिलो चरणमा पदस्थापना गर्नेगरी तयारी गरेको छ ।

यथास्थानमै काम गर्न स्वास्थ्यकर्मीलाई मन्त्रालयको निर्देशन

स्वास्थ्य मन्त्रालयका प्रशासन प्रमूख जनार्दन गुरागाईँले शुक्रबार विज्ञप्ति जारी गर्दै समायोजन पत्र नपाएसम्म आफू खटिएको कार्यालय तथा जिम्मेवारीमा रहेर सेवा प्रवाह गर्न आग्रह गरेका हुन् ।

मन्त्रालयले संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पठाएको कर्मचारीको समायोजन पत्र हाल कार्यरत कार्यालयमा नै पठाउने जनाएको छ ।

स्वास्थ्य मन्त्रालयले स्वास्थ्य सेवाका कर्मचारुीहरुलाई समायोजनको पत्र प्राप्त भए पछिको पदस्थापनाको कार्य सम्पन्न नभए सम्म यथावत रुपमै कार्यरत रहन आग्रह गरेको छ ।

स्वास्थ्य मन्त्रालयले सम्बन्धित विभागीय प्रमुख, निर्देशक, कार्यालय प्रमुखहरुले पनि समायोजनको पत्र प्राप्त नहुँदा सम्म आफू मातहतका कर्मचारीहरुलाई आफू खटिएकै कार्यालयबाट सेवा प्रवाह सूचारु गराउनु निर्देशन समेत दिएको छ ।

प्रकाशित मिति : ६ असार २०७६, शुक्रबार  ४ : ३० बजे

दुधमति खोलाको पुल निर्माणमा भएको ढिलाइले स्थानीयवासी लाई सास्ती

जनकपुरधाम– दुधमति खोलाको पुल निर्माणमा भएको ढिलाइले स्थानीयवासी लाई सास्ती पुगेको

कांग्रेस वरिष्ठ नेता श्रेष्ठको निधनमा शोक प्रस्ताव पारित

काठमाडौं– नेपाली कांग्रेसले वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधनप्रति शोक प्रस्ताव

लघुवित्त पीडित आज पनि धर्नामा (तस्बिरहरू)

काठमाडौं– लघुवित्त पीडितहरूले आज बुधबार दोस्रो दिन पनि काठमाडौंको माइतीघरमा

कप्तानगञ्ज तनाव साम्य बन्दै, छानबिन टोली घटनास्थलमा

काठमाडौं– सुनसरीको कप्तानगञ्ज क्षेत्रमा आइतबार रातिदेखि उत्पन्न भएको तनाव अहिले साम्य

सर्वदलीय बैठकबारे राष्ट्रपतिलाई रविको ब्रिफिङ

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले