स्वास्थ्यका कर्मचारीको समायोजन संघिय मामिलाले गर्न सकेन : स्वास्थ्य राज्यमन्त्री यादव « Khabarhub

स्वास्थ्यका कर्मचारीको समायोजन संघिय मामिलाले गर्न सकेन : स्वास्थ्य राज्यमन्त्री यादव


६ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री सुरेन्द्र यादवले संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले स्वास्थ्यका कर्मचारीको समयोजन प्रक्रिया टुंग्याउन नसकेको अरोप लगाएका छन् ।

शुक्रबार औषधि व्यवस्था विभागको एक कार्यक्रममा बोल्दै स्वास्थ्यराज्यमन्त्री यदावले सामान्य प्रशासन मन्त्रालयमा स्वास्थ्यको विषयमा बुझ्ने विज्ञ जनशक्ती नै नभएको बताए ।

‘स्वास्थ्यको समयोजनको विषयमा संघिय मामिलाले कहिल्यै गर्न सक्ने विषय नै होइन, उसँग न आधार छ , न टेक्निकल म्यानपावर छ, उहाँहरुले स्वास्थ्यमा समस्या ल्याएकै हो, स्वास्थ्य मन्त्रालय र हाम्रा कार्मचारीहरु अन्यौलमा बसेकै हुन्,’ यादवले भने, ‘संघीय मामिलाले अन्तिममा आएर हात उठाएकै छ किनकी जुन समयोजन गरेको छ त्यसमा कर्मचारीको समस्या झन् बढेको छ ।’

स्वास्थ्य राज्य मन्त्री यादवले स्वास्थ्यका कर्मचारीले समयोजनको पत्र पाउन अझै समय लाग्ने बताए ।

‘अहिले समायोज सुची सार्वजनिक भए हुम्ला जुम्लामा काम गर्ने कर्मचारी एउटा पनि बस्दैनन्, त्यसको जवाफ कस्ले दिने रु,’ उनले भने, ‘अहिले गुनासो नै १३ हजारको आयो, त्यसमा ७ हजारको सम्बोधन भएको छ त्यसमा पनि कर्मचारीको चित्त बुझ्छ कि बुझ्दैन ।’

सामान्यले गुनासो सम्बोधन गरेर पठाएको कर्मचारीको सुचीमा अझै समस्या थपिएर आएको स्वास्थ्यराज्यमन्त्री यादवको भनाइ छ ।

‘हामीले आफ्नो गल्ति स्वीकार गर्नुपर्छ, यो समयोजनको विषय यति सजिलो थिएन, सम्बन्धित मन्त्रालयले गर्नुपथ्र्यो, किनकी स्वास्थ्यक्षेत्रमा ४० वटा फ्याकल्टी छ, संघिया मामिलाका कुनैपनि कर्मचारीले १० वटा भन्दा माथिको फ्याकल्टीको नाम समेत भन्न सक्दैनन् त्यसले कसरी स्वास्थ्यका कर्मचारीको समायोजन गर्न सक्छन्,’ यादवले प्रश्न गरे ‘ हामीले शुरुमै भनेका थियौं, संघियले स्वास्थ्यको समायोजन गर्न सक्दैन भनेर । सुन जोख्ने र चामल जोख्ने सफ्टोयर कसरी एउटै हुन्छ ?’

उनले कर्मचारी नै नपुगेको अवस्थामा समायोजनले कर्मचारी फाजिलमा पर्नु अचम्म लागेको बताए ।

संघीय मन्त्रालयले पठाएको सुची अनुसार नै काम गर्नुपर्ने भएकाले समायोजनमा भएको सबै समस्याको कारण संघिया मामिला तथा सामान्य प्रशासन मन्त्रालय नै जिम्मेवार हुनुपर्ने स्वास्थ्य राज्यमन्त्री यादवले बताए ।

प्रकाशित मिति : ६ असार २०७६, शुक्रबार  ५ : ०८ बजे

पर्वतीय पर्यटनले खोल्दैछ अर्थतन्त्रको नयाँ ढोका

सोलुखुम्बु–  विश्वको सर्वोच्च शिखर सगरमाथासहित विश्वका अग्ला हिमशृङ्खला र सयौँ

जाजरकोटमा जिप दुर्घटना : एक जनाको मृत्यु, ६ घाइते

काठमाडौँ – डोल्पा-जाजरकोट सडकखण्डअन्तर्गत जाजरकोटको नलगाड नगरपालिका–७ दानेपिपलमा जिप दुर्घटना

भक्तपुरका किरण थापा मगर : वडाध्यक्षदेखि मुख्यमन्त्रीसम्म

मकवानपुर– बागमती प्रदेश सरकारमा बिहीबारमात्रै सातौँ मुख्यमन्त्रीका रूपमा नियुक्त भएका

काभ्रेमा ७४ आपराधिक घटना, ७६ पक्राउ

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकमा गत साउनमा ७४ आपराधिक घटना दर्ता भएका छन्।

बकुलहर रत्ननगर अस्पतालमा बिरामीको चाप बढ्दो

चितवन– पूर्वी चितवनमा रहेको बकुलहर रत्ननगर अस्पतालमा सेवाग्राहीको चाप बढ्दै