अहिलेसम्म सरकारले एउटा पनि राम्रो काम गर्न सकेको छैन– पौडेल | Khabarhub Khabarhub

अहिलेसम्म सरकारले एउटा पनि राम्रो काम गर्न सकेको छैन– पौडेल


६ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले वर्तमान सरकारले दुई तिहाईको आडमा एकाधिकार र अधिनायकवाद लाद्न खोजेको आरोप लगाएका छन् ।

उनले कांग्रेस सरकारको विरोधमा सडकमा उत्रिने चेतावनी दिए ।  शुक्रवार राजधानीमा आयोजित एक अन्तक्रियामा नेता पौडेलले सरकारले गुठीसम्बन्धी विद्येयक, मिडिया काउन्सिललगायतका विभिन्न विद्येयक बनाउँदा सरकारले सरोकारवालाहरुसँग छलफल नै नगरेको र सबै ठाउँमा नियन्त्रण गर्न खोजेको आरोप लगाए ।

नेता पौडेलले सरकारले महत्वकांक्षी घोषणा गर्ने तर बोलेका कुरा पूरा नगरेको बताए । उनले भने,‘नेकपाका नेताहरुले पनि चुनाव ताका महत्वकांक्षी अभिव्यक्ति दिए । उहाँहरुको घोषणापत्र नै महत्वकांक्षा थियो ।’

वर्तमान सरकारसँग मुलुकको विकास र समृद्धिको लागि काम गर्ने सुनौलो अवसर रहेको भएपनि त्यसको सदुपयोग गर्न नसकेको उनको आरोप छ ।

सरकार बनेको १६ महिना बितिसक्दापनि अहिलेसम्म एउटापनि राम्रो काम गर्न नसकेको पनि पौडेलको आरोप छ । उनले भने,‘सडकको नाम परिवर्तन गर्दैमा केही हुँदैन, यो नयाँ काम होईन ।’ यो वर्षको बजेटमा पनि नयाँ कुरा केही नआएको उनको भनाई छ ।

प्रकाशित मिति : ६ असार २०७६, शुक्रबार  ५ : ०० बजे

आज २०८१ साल वैशाख २२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २२ गते शनिबार तदनुसार

दुनाटपरीको प्रयोग बढाउन प्रदेश प्रमुख भट्टको आग्रह

गण्डकी – गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्लास्टिकजन्य सामग्रीको विकल्पमा

स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन

काभ्रेपलाञ्चोक – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दङ्गालले स्थानीय

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको

जापानी विदेशमन्त्री आइतबार नेपाल भ्रमणमा आउँदै

काठमाडौं – जापानकी विदेश मन्त्री कामिकावा योको यही वैशाख २३