मनस्वीलाई देखेर माधुरीलाई आयो आफ्नो बाल्यकालको याद « Khabarhub

मनस्वीलाई देखेर माधुरीलाई आयो आफ्नो बाल्यकालको याद


६ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउड अभिनेत्री माधुरी दीक्षितले आफ्नो अभिनय र नृत्यका कारण धेरैको दिल जितेकी छिन् । माधुरीका जबरजस्त फ्यान फलोइङ छन् । तर कमैलाई थाहा छ कि माधुरीले ३ वर्षको उमेरबाट नै कथक नृत्यका लागि तालिम लिएकी थिइन् । माधुरीले ८ वर्षको उमेरमा नै पहिलोपटक स्टेजमा आफ्नो प्रस्तुति देखाएकी थिइन् ।

त्यतिबेला आफ्नी आमाले छोटो उमेरमा नै नाचेको भन्दै झनै प्रोत्साहित गरिन् ।

हालै भारतीय टेलिभिजन च्यानल डान्स इन्डिया डान्स वीवानेको सिजन २ को सेटमा माधुरीले कैयन् अनुभव शेयर गरिन् । माधुरीले एक १० वर्षकी बालिका भेटिन् । मनस्वी नामकी ती प्रतियोगीले १ वर्षको उमेरदेखि नै नृत्य सिक्न थालेकी थिइन् ।

माधुरीले भनिन्, ‘मनस्वीलाई देखेर मलाई आफ्नो बाल्यकाल याद आयो, कसरी डान्स कक्षाले मलाई कसरी करिअर अगाडि बढाउन सघायो, मैले ३ वर्षको उमेरमा नै कथक नृत्य सिक्न थालेकी थिएँ ।’

माधुरी ती बालिकाको प्रस्तुति देखेर आफ्नो बाल्यकाल सम्झेको बताइन् । साथै उनले भनिन्, ‘कोही व्यक्तिलाई पनि सिकाइका लागि उमेर छोटो र लामो भन्ने हुँदैन ।’

प्रकाशित मिति : ६ असार २०७६, शुक्रबार  ५ : २४ बजे

पर्सामा एक महिनामा १११ अपराधका घटना, १२० प्रतिवादी पक्राउ

वीरगन्ज– पर्सामा पछिल्लो एक महिनामा विभिन्न प्रकृतिका १११ अपराधका घटना

आयोजनाको जलाशयबाट प्रभावित चार झोलुङ्गे पुल पुनर्निर्माण हुने

दमौली– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको जलाशयबाट

चीन–रुसद्वारा युरेसियामा बाह्य हस्तक्षेपको विरोध

बेइजिङ– चीन र रुसले युरेसिया महादेशमा स्थिरता कमजोर पार्ने बाह्य

बाँकेका चार स्थानीय तहमा लम्पी स्किनविरुद्ध खोप अभियान

राँझा – बाँकेका चार स्थानीय तहमा गाईवस्तुलाई लम्पी स्किन रोगविरुद्ध खोप

युक्रेन युद्धमा सम्झौता नजिक पुगेको ट्रम्पको संकेत

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीचको युद्ध अन्त्य