मनस्वीलाई देखेर माधुरीलाई आयो आफ्नो बाल्यकालको याद « Khabarhub

मनस्वीलाई देखेर माधुरीलाई आयो आफ्नो बाल्यकालको याद


६ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउड अभिनेत्री माधुरी दीक्षितले आफ्नो अभिनय र नृत्यका कारण धेरैको दिल जितेकी छिन् । माधुरीका जबरजस्त फ्यान फलोइङ छन् । तर कमैलाई थाहा छ कि माधुरीले ३ वर्षको उमेरबाट नै कथक नृत्यका लागि तालिम लिएकी थिइन् । माधुरीले ८ वर्षको उमेरमा नै पहिलोपटक स्टेजमा आफ्नो प्रस्तुति देखाएकी थिइन् ।

त्यतिबेला आफ्नी आमाले छोटो उमेरमा नै नाचेको भन्दै झनै प्रोत्साहित गरिन् ।

हालै भारतीय टेलिभिजन च्यानल डान्स इन्डिया डान्स वीवानेको सिजन २ को सेटमा माधुरीले कैयन् अनुभव शेयर गरिन् । माधुरीले एक १० वर्षकी बालिका भेटिन् । मनस्वी नामकी ती प्रतियोगीले १ वर्षको उमेरदेखि नै नृत्य सिक्न थालेकी थिइन् ।

माधुरीले भनिन्, ‘मनस्वीलाई देखेर मलाई आफ्नो बाल्यकाल याद आयो, कसरी डान्स कक्षाले मलाई कसरी करिअर अगाडि बढाउन सघायो, मैले ३ वर्षको उमेरमा नै कथक नृत्य सिक्न थालेकी थिएँ ।’

माधुरी ती बालिकाको प्रस्तुति देखेर आफ्नो बाल्यकाल सम्झेको बताइन् । साथै उनले भनिन्, ‘कोही व्यक्तिलाई पनि सिकाइका लागि उमेर छोटो र लामो भन्ने हुँदैन ।’

प्रकाशित मिति : ६ असार २०७६, शुक्रबार  ५ : २४ बजे

यामाल चम्किएपछि स्पेनले क्रोएसियालाई ४-१ ले हरायो

काठमाडाैँ – युइएफए नेसन्स लिगअन्तर्गत समूह ‘सी’ को खेलमा स्पेनले

काभ्रे र सिन्धुपाल्चोक जोड्ने पुल ६ वर्षदेखि अलपत्र

काभ्रे– निर्माण व्यवसायीले तोकिएको समयमा काम सम्पन्न नगर्दा काभ्रेपलाञ्चोक र

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल असोज १४ गते बुधबार सन् २०२६ सेप्टेम्बर

बैङ्किङ कसुरमा फरार रहेका एक व्यक्ति पक्राउ

काठमाडौँ– बैङ्किङ कसुर मुद्दामा २२ लाख बराबरको बिगो रहेका एक

इन्द्रजात्राको लिङ्गो ढालियो, गुठी संस्थानद्वारा आठ दिने जात्रा समापनको घोषणा

काठमाडौं – ऐतिहासिक तथा सांस्कृतिक पर्व इन्द्रजात्राको लिङ्गो (इन्द्रध्वज) मंगलबार