दीगो विकास लक्ष्य प्राप्ति गर्न ३०३ अर्ब अमेरिकी डलर आवश्यक पर्ने « Khabarhub

दीगो विकास लक्ष्य प्राप्ति गर्न ३०३ अर्ब अमेरिकी डलर आवश्यक पर्ने


६ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालले सन् २०३० सम्ममा दीगो विकास लक्ष्य हासिल गर्न ३०३ अर्ब अमेरिकी डलर आवश्यक पर्ने अनुमान गरिएको छ ।

राष्ट्रिय योजना आयोगले तयार पारेको दीगो विकास लागत अनुमानका अनुसार सन् २०३० भित्रमा दीगो विकास लक्ष्य हासिल गर्न सो परिमाणको अमेरिकी डलर नेपाललाई आवश्यक पर्ने देखिएको हो ।

गरिवीको अन्त्य, शिक्षा, स्वास्थ्य, खानेपानी, प्रविधिको विकासलगायतको क्षेत्रमा लगानी गरेर मात्रै दीगो विकास लक्ष्य हासिल हुने भएकाले त्यसका लागि २०३० सम्ममा नेपाललाई सो रकम आवश्यक पर्ने अनुमानित डाटा तयार पारिएको राष्ट्रिय योजना आयोगका सदस्य शुशील भट्टले जानकारी दिए ।

उनले सो लगानी जुटाउनु नै नेपालका लागि मुख्य चुनौति रहेको पनि स्पष्ट पारे । आयोगले दीगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी क्षेत्रको पनि उल्लेख्य लगानीको अपेक्षा गरेको छ ।

दीगो विकास लक्ष्य हासिल गर्न आवश्यक रकममध्ये वार्षिक करिव ६ अर्ब अमेरिकी डलर अपुग हुने निष्कर्ष पनि निकालेको छ । आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलले दीगो विकास लक्ष्य प्राप्तीका लागि बजेटको अभाव मुख्य चुनौति रहेको बताए । आयोगले दीगो विकास लक्ष्य हासिल गर्न अभाव हुने रकम जुटाउन लगानी बोर्डजस्ता संस्थाहरुलाई सक्रिय बनाउनुपर्नेमा पनि जोड दिए ।

पूर्वाधारको क्षेत्रमा सार्वजनिक क्षेत्रको लगानी कमजोर हुँदा दिगो विकास लक्ष्य हासिलका लागि लाग्ने लागतको अनुमान पनि फरक पर्दै जाने पनि आयोगको प्रतिवेदनमा औंल्याइएको छ ।

प्रकाशित मिति : ६ असार २०७६, शुक्रबार  ५ : ३६ बजे

करको दर पुनरावलोकन गरी पेट्रोलियम पदार्थको मूल्य घटाउन कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसले पेट्रोलियम पदार्थको मूल्य अत्यधिक बढेको भन्दै

निजी सञ्चार माध्यममा विज्ञापन रोक्ने निर्णयमा कांग्रेसको आपत्ति

काठमाडौँ – निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गर्ने बालेन्द्र

प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति छानबिन गर्न कांग्रेसको माग

काठमाडौँ – नेपाली कांग्रेसले प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति छानबिन गर्न

कैलालीमा छतबाट खसेर प्रहरी कार्यालयका सहयोगीको मृत्यु

कैलाली – भान्साको माथिल्लो तलाबाट खसेर सुदूरपश्चिम प्रदेश प्रहरी गण

पेट्रोलियम पदार्थको मूल्य घटाउन कांग्रेसको माग

काठमाडौं – नेपाली कांग्रेसले पेट्रोलियम पदार्थको बढ्दो मूल्यका कारण जनजीवनमा