भेनेजुएला भूकम्प: आमा-दिदी गुमाएका बालकको चार दिनपछि जीवितै उद्धार « Khabarhub

भेनेजुएला भूकम्प: आमा-दिदी गुमाएका बालकको चार दिनपछि जीवितै उद्धार


१५ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – शक्तिशाली भूकम्प गएको केही दिनपछि भेनेजुएलामा भग्नावशेषबाट जीवितै उद्धार गरिएका केही ‘चमत्कारी’ घटनाहरू सार्वजनिक भएका छन् । गत बुधबार ३९ सेकेन्डको अन्तरालमा गएका ७.२ र ७.५ म्याग्निच्युडका दुईवटा शक्तिशाली भूकम्पका कारण सयौँ भवनहरू भत्किएका छन् भने हजारौँ मानिस अझै बेपत्ता छन् ।

भेनेजुएलाकी अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजका अनुसार सप्ताहन्तमा मात्रै भग्नावशेषबाट ३३ जनालाई जीवितै बाहिर निकालिएको छ । जीवितै उद्धार गरिएकामा दुई जना ११ वर्षीय बालक छन् । उनीहरूलाई आइतबार दुई फरक-फरक भत्किएका भवनबाट केही घण्टाको अन्तरालमा उद्धार गरिएको हो ।

उद्धार गरिएका ११ वर्षीय बालक मोइसेस करिब ९.८ फिट (३ मिटर) गहिरो भग्नावशेषमा पुरिएका थिए । कोलम्बियाको विपद् जोखिम व्यवस्थापन एकाइका अनुसार टोलीले ६ घण्टाको कडा मिहिनेतपछि उनलाई बाहिर निकाल्न सफल भएको थियो ।

मोइसेसलाई उद्धार गर्दा आँखालाई घामबाट जोगाउन पट्टी बाँधिएको थियो । रोयटर्सका अनुसार मोइसेस भेटिएको स्थान नजिकै उनकी आमा र दिदी मृत फेला परेका थिए । त्यसको केही घण्टापछि काराबालेडा सहरबाट अर्का ११ वर्षीय बालकको पनि जीवितै उद्धार गरिएको भिडियो राष्ट्रपति रोड्रिगेजले सामाजिक सञ्जालमा पोस्ट गरेकी छन् । उनले लेखेकी छन्, “यो घडीमा प्रत्येक नागरिकको जीवन भेनेजुएलाका लागि आशाको किरण हो ।”

विपद्को पहिलो ४८ देखि ७२ घण्टालाई जीवितै उद्धारका लागि महत्त्वपूर्ण समय मानिन्छ । यो समय घर्किसकेकाले थप मानिस जीवितै पाउने आशा क्षीण बन्दै गएको छ । यद्यपि, उद्धारकर्मीले आश मारिसकेका छैनन् । आइतबार नै फ्रान्सेली र अमेरिकी टोलीले काराबालेडामा एक बुबा र उनका किशोर छोरालाई जीवितै उद्धार गरेका छन् ।

बढ्दो आक्रोश र परकम्पको त्रास
भूकम्पबाट सबैभन्दा बढी प्रभावित तटीय क्षेत्र ला गुइरा बनेको छ । लगातार गइरहेका परकम्पहरूका कारण स्थानीय त्रसित छन् र यसले उद्धार कार्यमा समेत बाधा पुर्‍याइरहेको छ । सरकारको सुस्त र फितलो उद्धार प्रक्रियालाई लिएर स्थानीयमा आक्रोश बढ्दो छ ।

कारिबे र तानागुआरेनाजस्ता बढी प्रभावित क्षेत्रमा अझै पनि भग्नावशेष हटाउने काम सुरु हुन सकेको छैन । एक स्थानीयले बीबीसीलाई बताएअनुसार सरकारले सडक बन्द गरेर उल्टै उद्धार कार्यमा बाधा पुर्‍याइरहेको छ ।

अहिले हजारौँ मानिसहरू घर छोडेर गाडी, विमानस्थल र गल्फ कोर्षजस्ता खुला ठाउँमा पाल टाँगेर बसिरहेका छन् । काराबालेडाको एउटा गल्फ कोर्ष अहिले आपत्कालीन राहत केन्द्र र अस्थायी अस्पतालमा परिणत भएको छ ।

अन्तर्राष्ट्रिय सहयोग र प्रविधिको प्रयोग
संकटको यस घडीमा मेक्सिको, स्पेन, कतार, अमेरिका र बेलायतसहितका देशबाट अन्तर्राष्ट्रिय उद्धार टोलीहरू भेनेजुएला आइपुगेका छन् । संयुक्त राष्ट्रसंघका टम फ्लेचरका अनुसार विश्वभरबाट ३९ वटा खोज तथा उद्धार टोली परिचालन गरिएका छन्, जसमा झन्डै २ हजार विशेषज्ञ र १११ वटा तालिमप्राप्त कुकुरहरू सामेल छन् ।

भत्किएका भवनहरूभित्र मानिसहरू खोज्नका लागि ‘ककरोच ड्रोन’ भनिने अत्याधुनिक माइक्रो ड्रोनहरूको समेत प्रयोग भइरहेको छ ।

प्रकाशित मिति : १५ असार २०८३, सोमबार  ६ : १४ बजे

व्यावसायिक अधिकार बेच्ने फिफाको योजनाप्रति युइएफएको आपत्ति, विश्वकप बहिष्कारको चेतावनी

एजेन्सी— अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) ले विश्वकप र आफ्ना अन्य

आज कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

‘हाम्रो आपसी सम्बन्ध र भाइचारामा दरार नआओस्’

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगन थापाले सुनसरीको देवानगन्ज घटनापछि

‘आवेग होइन विवेक प्रयोग गरौँ, घृणाको आगो निभाऔँ’

काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं नेसपा अध्यक्ष डा. बाबुराम भट्टराईले तराई–मधेशका

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल साउन १५ गते शुक्रबार सन् २०२६