सुजाताको ज्यान लिने घनेन्द्र सार्वजनिक, लुटिएको नगद बरामद « Khabarhub

सुजाताको ज्यान लिने घनेन्द्र सार्वजनिक, लुटिएको नगद बरामद


६ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाँचथर– पाँचथरको गोपेटार स्थित एनएमबी माइक्रोफाइनान्सकी कर्मचारी सुजाता तामाङको हत्या आरोपी हिलिहाङ ६ निवासी १९ वर्षीय घनेन्द्र लावतीलाई प्रहरीले पक्राऊ गरी विहीबार सार्वजनिक गरेको छ ।

प्रहरीले सदरमुकाम फिदिममा पत्रकार सम्मेलन गर्दै हत्या आरोपी लावतीका साथवाट वरामद गरेको नगद ८१ हजार ७० रुपैंयाँ र हत्यामा प्रयोग भएको खुकुरी पनि सार्वजनिक गरेको हो । लावतीले पैसाकै लोभनमा तामाङलाई बाटो ढुकेर हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी प्रमुख (डिएसपी) नरेन्द्र कुँवरले जानकारी दिए ।

हिलिहाङ ६ भारपा निवासी हत्या आरोपी लावती घर नजिकैको जंगलमा लुकेर वसेको अवस्थामा खुकरी र नगद सहित पक्राउ परेको पनि प्रहरीले जनाएको छ । तामाङको असार ३ गते अपरान्ह चारबजे हिलिहाङ ६ भारपा स्थित सिटे भन्ने स्थानमा हत्या भएको थियो । इलामको माइ जोगमाइ घर भएकी २१ वर्षीय तामाङ एनएमबी माइक्रोफाइनान्स गोपेटारमा प्रशिक्षार्थी सहायकका रुपमा विगत ६ महिनादेखि कार्यरत थिइन् ।

यसैबीच एनएमवि माइक्रो फाइनान्सले हत्या गरिएकी कर्मचारी तामाङको परिवारलाई ६ लाख ५० हजार रुपैंया राहत रकम उपलव्ध गराउने भएको छ । माइक्रोफाइनान्सले तामाङको परिवारका एकजना सदस्यलाई रोजगारी दिने सहमति समेत गरेको सहायक महा प्रवन्धक रामचन्द्र मिश्रले जानकारी दिए ।

प्रकाशित मिति : ६ असार २०७६, शुक्रबार  ६ : ३३ बजे

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु

यी हुन् कांग्रेस पदाधिकारीका प्रतिस्पर्धी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवशेनको मनोनयन दर्ता सकिएको छ

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि सार्वजनिक सवारीको रुट परमिट खुला

काठमाडौँ । दसैँको समयमा यात्रुको सहज आवागमनलाई व्यवस्थित बनाउन घटस्थापनादेखि

प्रभु बैंकका सीईओ सुमन शर्मालाई धरौटीमा छाड्न आदेश

काठमाडौँ । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुमन शर्मालाई

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा निर्विरोध