सुजाताको ज्यान लिने घनेन्द्र सार्वजनिक, लुटिएको नगद बरामद « Khabarhub

सुजाताको ज्यान लिने घनेन्द्र सार्वजनिक, लुटिएको नगद बरामद


६ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाँचथर– पाँचथरको गोपेटार स्थित एनएमबी माइक्रोफाइनान्सकी कर्मचारी सुजाता तामाङको हत्या आरोपी हिलिहाङ ६ निवासी १९ वर्षीय घनेन्द्र लावतीलाई प्रहरीले पक्राऊ गरी विहीबार सार्वजनिक गरेको छ ।

प्रहरीले सदरमुकाम फिदिममा पत्रकार सम्मेलन गर्दै हत्या आरोपी लावतीका साथवाट वरामद गरेको नगद ८१ हजार ७० रुपैंयाँ र हत्यामा प्रयोग भएको खुकुरी पनि सार्वजनिक गरेको हो । लावतीले पैसाकै लोभनमा तामाङलाई बाटो ढुकेर हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी प्रमुख (डिएसपी) नरेन्द्र कुँवरले जानकारी दिए ।

हिलिहाङ ६ भारपा निवासी हत्या आरोपी लावती घर नजिकैको जंगलमा लुकेर वसेको अवस्थामा खुकरी र नगद सहित पक्राउ परेको पनि प्रहरीले जनाएको छ । तामाङको असार ३ गते अपरान्ह चारबजे हिलिहाङ ६ भारपा स्थित सिटे भन्ने स्थानमा हत्या भएको थियो । इलामको माइ जोगमाइ घर भएकी २१ वर्षीय तामाङ एनएमबी माइक्रोफाइनान्स गोपेटारमा प्रशिक्षार्थी सहायकका रुपमा विगत ६ महिनादेखि कार्यरत थिइन् ।

यसैबीच एनएमवि माइक्रो फाइनान्सले हत्या गरिएकी कर्मचारी तामाङको परिवारलाई ६ लाख ५० हजार रुपैंया राहत रकम उपलव्ध गराउने भएको छ । माइक्रोफाइनान्सले तामाङको परिवारका एकजना सदस्यलाई रोजगारी दिने सहमति समेत गरेको सहायक महा प्रवन्धक रामचन्द्र मिश्रले जानकारी दिए ।

प्रकाशित मिति : ६ असार २०७६, शुक्रबार  ६ : ३३ बजे

देशभर विपद्का २४ घटना, सबैभन्दा बढी आगलागी

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर २४ वटा विपद्का घटना घटेका

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

१४ बलमा अर्धशतक ! अभिषेक चम्किँदा भारतले निकाल्यो न्युजिल्यान्डमाथि १० ओभरमै जित

काठमाडौं – अभिषेक शर्मा चम्किँदा भारतले न्युजिल्यान्डविरुद्ध १० ओभरमै जित

ओभिएडोविरुद्ध सानदार जित निकाल्दै बार्सिलोना ला लिगाको शीर्ष स्थानमा

काठमाडौं – बार्सिलोना ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ ।

बेइजिङ-अबुधाबी सिधा उडान सुरु

बेइजिङ – चीनको राजधानी बेइजिङ र संयुक्त अरब इमिरेट्स (यूएई)