स्वीकृति नलिई वित्तीय कारोबार नगर्न राष्ट्र बैंकको आग्रह « Khabarhub

स्वीकृति नलिई वित्तीय कारोबार नगर्न राष्ट्र बैंकको आग्रह


६ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिम स्वीकृति नलिई कुनै पनि बैंकिङ तथा वित्तीय कारोबार नगर्न/नगराउन सरोकार भएका सबैलाई आग्रह गरेको छ ।

केन्द्रीय बैंकले एक विज्ञप्ति जारी गर्दै केही सञ्चार माध्यममा क्यासिनो, होटल, रिसोर्ट, अस्पताल, विद्यालय र कलेज आदिको नाममा न्यूनतम् दरमा ऋण उपलब्ध गराउने भन्दै प्रकाशित विज्ञापनप्रति गम्भीर ध्यानाकर्ष भएको सन्दर्भमा उक्त आग्रह गरेको हो ।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ७६ बमोजिम निक्षेप लिन वा कर्जा दिन बैंकको स्वीकृति लिनुपर्नेछ । बैंक वा वित्तीय संस्थाले बाहेक अन्य कसैले पनि बैंकिङ तथा वित्तीय कारोबार गर्न नपाउने कानूनी व्यवस्था छ । उक्त व्यवस्था विपरीत कसैले त्यस्तो कार्य गरे/गराए प्रचतिल कानून बमोजिम कारवाही हुने बैंकले जनाएको छ ।

बैंककले स्पष्ट शब्दमा भनेको छ, ‘बैंक तथा वित्तीय संस्थाबाहेक कोही कसैले निक्षेप सङ्कलन र कर्जा प्रवाह गरेको पाइए कानूनबमोजिम कारवाही हुने भएकाले त्यस्तो कार्य नगर्न/नगराउन आग्रह गरिन्छ ।’

यही असार ४ गते मार्केट पर्स ग्लोबल कम्पनीले ६ प्रतिशत ब्याजदरमा रु पाँच अर्बसम्म ऋण दिने भन्दै विज्ञापन प्रकाशित गरेको थियो ।

प्रकाशित मिति : ६ असार २०७६, शुक्रबार  ८ : ०६ बजे

रास्वपा महाधिवेशनमा विवाद, मतपरिणामपछि नाराबाजी

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय

मतपरिणामपछि रास्वपा महाधिवेशनस्थलमा खुसी साटासाट (तस्बिरहरू)

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय

रास्वपा पदाधिकारीको मतदान तालिका प्रभावित

काठमाडाैं – रास्वपाको पहिलो महाधिवेशनअन्तर्गत पदाधिकारीको निर्वाचन तालिका प्रभावित भएको

रास्वपाका प्रतिनिधिलाई पार्टीको खाना आजमात्रै भोलिदेखि आफैँ बस्दोबस्ती गर्नुपर्ने

काठमाडाैं – सत्तारुढ दल रास्वपाको चितवनमा जारी पहिलो महाविधेशनका लागि

रास्वपा महाधिवेशनमा नगएका अमरेशको चेतावनी : संघीयतामाथि हस्तक्षेप स्वीकार्य हुँदैन

काठमाडौं – रास्वपाका सांसद अमरेशकुमार सिंहले रास्वपाकै प्रस्तावनामाथि कडा टिप्पणी