रास्वपा महाधिवेशनमा नगएका अमरेशको चेतावनी : संघीयतामाथि हस्तक्षेप स्वीकार्य हुँदैन « Khabarhub

रास्वपा महाधिवेशनमा नगएका अमरेशको चेतावनी : संघीयतामाथि हस्तक्षेप स्वीकार्य हुँदैन


११ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


372
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रास्वपाका सांसद अमरेशकुमार सिंहले रास्वपाकै प्रस्तावनामाथि कडा टिप्पणी गरेका छन् । पहिलो महाधिवेशनबाट प्रदेश सभा खारेज गर्ने दस्तावेज पारित भएसँगै उनले लोकतन्त्र, सङ्घीयता र समावेशितामा कुनै पनि प्रकारको हस्तक्षेप स्वीकार्य नहुने बताएका हुन् ।

उनी रास्वपाको महाधिवेशनमा भने सहभागी भएनन् । जनकपुरमा रहेका उनले सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै सांसद सिंहले नेपालको लोकतान्त्रिक व्यवस्था, सङ्घीय शासन प्रणाली र समावेशी चरित्रमाथि कसैले छेडखानी गर्न खोजे नेपाली जनताले त्यसको सशक्त प्रतिरोध गर्ने चेतावनी दिएका छन् ।

‘जगत जननी सीतामाताको भूमि जनकपुरधामबाट आज फेरि भन्दैछु- नेपालको लोकतन्त्र, सङ्घीयता र समावेशितासँग कसैले छेडखानी गर्छ भने नेपाली जनताले यसको सशक्त प्रतिरोध गर्नेछन्’ उनले भनेका छन् ।

सांसद सिंहले नेपाली जनताको मुख्य चाहना सुशासन र समृद्धि रहेको उल्लेख गर्दै राजनीतिक दल र जनप्रतिनिधिहरूले त्यसतर्फ केन्द्रित हुनुपर्ने बताए। ‘जनताले सुशासन र समृद्धि खोजेका छन्। हामी हरेक कदममा जनताको साथ हुनेछौं, उनले भने।

रास्वपाले आफ्नो प्रथम महाधिवेशनबाट प्रदेश सभा खारेज गर्ने नीति दस्तावेज पारित गरेपछि त्यस विषयमा राजनीतिक वृत्तमा बहस सुरु भएको छ। रास्वपाले महाधिवेशनमा प्रदेश सभा खारेज गर्ने दस्तावेज पारित गरेको थियो । रास्वपा र सरकारका गतिविधिप्रति आलोचनात्मक धारणा राख्दै आएका सिंह पार्टीको प्रथम महाधिवेशनमा पनि गएका थिएनन् ।

प्रकाशित मिति : ११ असार २०८३, बिहीबार  ९ : ३२ बजे

जिम्बाब्वेमा मिनीबस र ट्रक ठोक्किँदा २७ जनाको मृत्यु

एजेन्सी– दक्षिणी अफ्रिकी मुलुक जिम्बाब्वेमा चर्चका सदस्य बोकेको मिनीबस र

निगमले हवाई उद्धारका लागि ४० हजार ८४० लिटर हवाई इन्धन पठायो

काठमाडौं– नेपाल आयल निगमले भोटेकोशी नदीमा बाढी गएपछि खोज तथा

बाढीबारे थाहा नदिएको आरोपबारे चिनियाँ दूतावासको स्पष्टीकरण, ‘महत्त्वपूर्ण सूचना नेपाललाई समयमै दिएका छौं’

काठमाडौं– रसुवाको हिमाली क्षेत्रमा आएको पहिरो तथा बाढीको जोखिमबारे नेपाललाई

नवलपुरका दुई पालिकाले उद्धार कोषमा २३ लाख प्रदान गर्ने

नवलपुर– रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित बनेकाहरूका लागि

नेपाल टेलिकमको त्रिशूली थ्रीए साइट पुनः सञ्चालनमा

काठमाडौं– नेपाल टेलिकमले रसुवाको त्रिशूली थ्रीए जलविद्युत् आयोजनासँगै रहेको टावरमार्फत