विप्लवका उपत्यका व्युरो इन्चार्ज माइला लामा पक्राउ « Khabarhub

विप्लवका उपत्यका व्युरो इन्चार्ज माइला लामा पक्राउ


५ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका उपत्यका व्युरो इन्चार्ज माइला लामा पक्राउ परेका छन् । उनलाई काठमाडौंको काँडाघारीबाट पक्राउ गरिएको हो । विशेष सूचनाका आधारमा गएको प्रहरीको विशेष टोलीले लामालाई मध्यरातमा पक्राउ गरेको हो ।

राति १२ बजेको समयमा लामासँगै अर्का नेता रेशम तामाङलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ । लामा विप्लव नेतृत्वको नेकपाको जनसांस्कृतिक संघका अध्यक्ष समेत हुन् । काठमाडौं, भक्तपुर तथा ललितपुरको जिल्लाको इन्चार्ज लामा पक्राउ पर्नुलाई प्रहरीले उपलव्धी मानेको छ । उनकै नेतृत्वमा काठमाडौंमा चन्दा आतंक हुनुका साथै वम विस्फोटका घटना समेत भएको प्रहरीको दाबी छ ।

लामालाई प्रहरीले काठमाडौंमा भएका विभिन्न बम काण्डका योजनाकार रहेको आरोप लगाउँदै आएको छ । गत फागुन १० गते ललितपुरको नख्खुमा भएको विष्फोट, काठमाडौं अनामनगरको घट्टेकुलोको विष्फोट, सुकेधाराको विष्फोटमा ५ जनाले ज्यान गुमाएका छन् ।

विप्लव समूहले विध्वांसक गतिविधि मच्चाएको आरोप लगाउँदै सरकारले विप्लवका गतिविधमा प्रतिबन्ध लगाएपछि विप्लवका नेता कार्यकर्ता पक्राउ पर्ने क्रम बढेको छ । फागुन २८ गते सरकारले विप्लव समूहलाई प्रतिबन्ध लगाएयता सो समूहका शीर्ष नेतासहित ५ सयभन्दा बढी नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।

को हुन पक्राउ परेका लामा

काठमाडौं सीतापाइलाका लामा तत्कालीन माओवादीको जनसांस्कृतिक महासंघका अध्यक्ष हुन् । लामा विप्लव समूहभित्रको एक प्रभावशाली नेता मानिन्छन् । २०६४ मा उनी काठमाडौंबाट निर्वाचनमा समेत उम्मेदवार भएका थिए । लामाले तत्कालिन माओवादीका लागि धेरै गीतहरू लेखेका छन् भने सांस्कृतिक कार्यक्रमको नेतृत्व पनि गरेका थिए ।

एकीकृत माओवादी विभाजन भएपछि लामा मोहन वैद्य हुँदै विप्लव समूहमा आवद्ध भएका थिए ।

प्रकाशित मिति : ५ श्रावण २०७६, आइतबार  ७ : ०५ बजे

विश्वविद्यालयका उपकुलपतिसँग शिक्षा तथा खेलकुद मन्त्रालयको छलफल

काठमाडौं– शिक्षा तथा खेलकुद मन्त्रालयले केही विश्वविद्यालय ऐन संशोधनसम्बन्धी विधेयक

बागमतीमा सरकार टिकाउन तीन दलबीच नयाँ समझदारी, मन्त्रालय ८ भन्दा नबढाउने

काठमाडौं- बागमती प्रदेश सरकार सञ्चालनका लागि नेपाली कम्युनिस्ट पार्टी, नेकपा

विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौं– प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू

‘सरकारको कार्यशैलीमा प्रश्न गर्न सत्तापक्षका सांसदलाई कुनै रोकतोक छैन’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक क्रान्तिशिखा धितालले वरिष्ठ नेता वालेन्द्र