विमानस्थल पुग्नै लाग्दा प्रशान्त महासागरमा यसरी डुबेको थियो यो बोइङ « Khabarhub

विमानस्थल पुग्नै लाग्दा प्रशान्त महासागरमा यसरी डुबेको थियो यो बोइङ


५ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– सन २०१८ मा भएको एक विमान दुर्घटनाको रिपोर्ट अहिले सार्वजनिक भएको छ । एयर न्यूगिनी एयरलाइन्सको विमान माइक्रोनेशियामा ल्याण्ड गर्नुपर्ने थियो ।

तर विमान रनवेभन्दा ठिक अगाडि प्रशान्त महासागरमा खसेको थियो ।  पपुवा न्यूगिनी दुर्घटना अनुसन्धान आयोगले आफ्नो फाइनल रिपोर्ट सार्वजनिक गर्दै भनेको छ– विमानको अटोमेटिक सिस्टमले पटक पटक चेतावनी दिएको थियो तर पाइलटले त्यसलाई बेवास्ता गरे ।

जतिबेला विमान समुद्रमा डुब्यो त्यतिबेला विमान र रनवेको दूरी १५०० फिट मात्र बाँकी थियो । सेप्टेम्बर २०१८ मा भएको यो दुर्घटनाको जाँच रिपोर्ट हालै सार्वजनिक भएको हो । रिपोर्टमा दुर्घटनाको कारणबारे उल्लेख छ गरिएको छ ।
रिपोर्टका अनुसार विमानको सिस्टमले चेतावनी दिएको थियो ।

आवाज र लाइटको माध्यमबाट सन्देश दिइएको थियो । दुर्घटनाको बेला ककपिटमा रेकर्ड गरिएको एक भिडियो पनि जारी गरिएको छ । भिडियोमा को पाइलटले ‘हामी धेरै तल छौं, हामी धेरै तल छौं’ भनिरहेको सुन्न सकिन्छ । विमान समुद्रमा डुबेपछि ३४ जनालाई बचाइएको थियो ।

एक जनाको भने मृत्यु भएको थियो । रनवे नजिकै दुर्घटना भएका कारण कैयौं डुंगाहरु तत्काल विमाननजिक पुगेका थिए । अमेरिकी नेभीले धेरैजसो यात्रुको उद्धार गरेको थियो ।

जाँच रिपोर्टमा पाइलटको नाम उल्लेख गरिएको छैन । तर, रिपोर्टमा प्रस्ट भनिएको छ कि उनले कैयौं चेतावनी सन्देशलाई अस्वीकार गरेका थिए ।

प्रकाशित मिति : ५ श्रावण २०७६, आइतबार  ७ : ३२ बजे

ऋषिपञ्चमीका दिन आँधीखोलामा स्नान गर्दा बगेर महिलाको मृत्यु

वालिङ (स्याङ्जा) – ऋषिपञ्चमीका अवसरमा आँधीखोलामा स्नान गर्ने क्रममा खोलाले

भोटेकोशी बाढी अपडेट: १३ सय ९९ शव भेटिए

काठमाडौँ – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा खोज,

मुस्ताङमा जलवायु सम्मेलन २०८३ सुरु : दुई हजार बढी प्रतिनिधिको सहभागी

मुस्ताङ – मुस्ताङको जोमसोममा मङ्गलबारदेखि ‘घरपझोङ जलवायु सम्मेलन २०८३’ सुरु

मेलाको बचत रकम पर्यटन विकासमा

म्याग्दी – अन्नपूर्ण गाउँपालिका-१ स्थित मणिबराही युवा क्लबले दसैँ मेलाबाट