असुरक्षित गर्भपतन गराउँदा अविवाहित युवतीको मृत्यु « Khabarhub

असुरक्षित गर्भपतन गराउँदा अविवाहित युवतीको मृत्यु


५ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज– असुरक्षित रुपमा गर्भपतन गराउँदा पर्सामा एक अविवाहित युवतीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पर्साको पोखरिया नगरपालिका–६ की २० वर्षीया एक किशोरी छन् । प्रहरीका अनुसार आफ्ना प्रेमीसँगको शारीरिक सम्पर्कपछि रहेको गर्भ पतन गराउन ती युवती सीमावर्ती भारतीय शहर रक्सौल गएकी थिइन् ।

रक्सौलमा असुरक्षित रुपमा गर्भपतन गराएपछि गम्भीर बिरामी भएकी युवतीको वीरगन्जस्थित वीरगन्ज हेल्थ केयरमा उपचारका क्रममा मृत्यु भएको हो ।

प्रहरीले असुरक्षित रुपमा गर्भपतन गराएको अभियोगमा युवतीका प्रेमी पर्साको पोखरिया नगरपालिका–६ घर भएका सिकेन्द्र प्रसादलाई पक्राउ गरी अनुसन्धान थालेको छ ।

प्रहरीले सिकेन्द्रविरुद्ध ज्यान सम्बन्धी कसुर (कर्तव्य ज्यान) मुद्दामा अनुसन्धान अगाडि बढाएको जनाएको छ ।

प्रकाशित मिति : ५ श्रावण २०७६, आइतबार  १० : ३२ बजे

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन

एनपीएलमा श्रीलंकन कप्तान चरिथ असलंकाले विराटनगरबाट खेल्ने

काठमाडौं । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो

कृष्णभीरको सडक खुलेपछि तुइनखोलामा पनि सञ्चालन

नारायणगढ – पृथ्वी राजमार्गअन्तर्गतको कृष्णभीरमा गएको पहिरोपछि खोलिएको नयाँ ट्र्याकबाट

भोटेकोशी बाढी : ३६ देशका ६०६ विदेशी पर्यटक अझै बेपत्ता

काठमाडौं – भोटेकोशीे बाढीमा परेर ३६ देशका ६०६ विदेशी पर्यटक