अब ३ हजार दिराम तलब भएका नेपाली कामदारले युएईमा परिवार लैजान पाउने « Khabarhub

अब ३ हजार दिराम तलब भएका नेपाली कामदारले युएईमा परिवार लैजान पाउने


५ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैदेशिक रोजगारीअन्तर्गत संयुक्त अरब ईमिरेट्स (यूएई) गएका नेपालीसहित अन्य देशका आप्रावासी श्रमिकले कमाइको आधारमा परिवारका सदस्य लैजान पाउने भएको छन् । मासिक ४ हजार दिराम कमाउने विदेश श्रमिकले आफ्नो परिवार पनि लैजान पाउने नयाँ नियम युएईको कानुन मन्त्रालय लागू गर्ने भएको छ ।

कम्पनीले बसोबासको नि:शुल्क व्यवस्थापन गरेको हकमा भने मासिक ३ हजार दिराम तबल हुने कामदारले पनि परिवार लैजान पाउने व्यवस्था गरिएको छ । यसअघि मासिक ४ हजार ५ सय दिराम आम्दानी भएका विदेशी श्रमिकले मात्र परिवार लैजाने पाउने व्यवस्था थियो ।

उक्त व्यवस्थाअनुसार यसअघि उच्च पद तथा आम्दानी भएका कामदारले मात्र परिवारका सदस्य आफूसँगै लैजान पाउँथे । नयाँ नियम लागू भएपछि पद आवश्यक नपर्ने, तर युएई सरकारले निधारण गरेको तलब सुविधा भने पाएको हुनुपर्ने भएको छ ।

युएईमा काम गर्ने अप्रवासी कामदारले श्रीमान अथवा श्रीमती र १८ वर्षभन्दा कम उमेरका अविवाहित छोराछोरी लैजान पाउने छन् । यस्तै, यूएईले स्थानीय नागरिकलाई कामका पहिलो प्राथमिकता दिने नीति पनि लिन रोजगारदातालाई अपिल गरेको छ ।

नयाँ नीतिले लामो समयदेखि परिवारसँग टाढा रहेका विदेशी कामदारलाई सहयोग पुग्ने यूएईको विश्वास छ । पछिल्लो समय यूएई आउनेहरुको लागि कामदार भिसा प्रणालीमा केही नियमहरु परिमार्जन गरिएका छन् ।

प्रकाशित मिति : ५ श्रावण २०७६, आइतबार  १० : ४१ बजे

आज २०८२ साल फागुन ३० गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल फागुन ३० गते  शनिबार चैत

बुटवलको जुत्ता पसलमा आगलागी

बुटवल- बुटवलको एक जुत्ता पसलमा शुक्रबार (फागुन २९) साँझ आगलागी

शुक्रबार झापामा सबैभन्दा बढी वर्षा

काठमाडौं- मौसम बदली कायम रहँदा शुक्रबार पनि देशका विभिन्न जिल्लामा

समानुपातिक सांसदको नाम टुंग्याउन रास्वपाले डाक्यो सचिवालय बैठक

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सचिवालय बैठक डाकेको

चुनावमा महावीरले बचाए २७ लाख रुपैयाँ

काठमाडौँ- नवनिर्वाचित स्वतन्त्र सांसद महावीर पुनले आफ्नो चुनावी अभियानबाट करिब